IME Life

बीमा क्षेत्रको रकम पुँजि बजारमा लगाउन सकिन्छः अर्थमन्त्री डा. खतिवडा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा क्षेत्रमा जम्मा भएको रकम पुँजि बजारमा लगानी गर्न सकिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । बीमा ऐन २०७५ को मस्यौदामाथि अर्थ समितिमा आज भएको छलफलमा बोल्दै अर्थमन्त्री डा. खतिवडाले पुँजि बजारको विकासको लागि बीमा क्षेत्रको पुँजि परिचालन गर्न सकिने बताएका हुन् ।

अर्थसमितिमा डा. युवराज खतिवडाले नयाँ जारी हुने क्रममा रहेको बीमा ऐनको बारेमा चर्चा गर्दै यस्तो बताएका हुन् । बीमा क्षेत्रमा ठूलो मात्रामा प्रिपियम संकलन भएर बसेको पुँजि बैंकहरुमा मुद्दति निक्षेपको रुपमा रहेको छ ।

Prabhu
Crest

अर्थमन्त्री खतिवडाले बीमा कम्पनीहरुले प्रिमियमलाई पूँजी बजारमा लगानी गर्नुपर्ने समेत बताए । नयाँ बीमा कम्पनीहरु थप भई बीमा क्षेत्र एकदमै फराकिलो भइसकेका सन्दर्भमा सिंगो बीमा क्षेत्रको नियमनको लागि शक्तिशाली बीमा प्राधिकरणको अबधारणा अघि बढाउँदै बीमा ऐन अघि बढाइएको मन्त्री खतिवडाले बताए ।

समितिमा अर्थमन्त्री डा. खतिवडाले साना तथा लघु उद्यमीको जोखिम व्यवस्थापनका लागि ल्याएको लघु बीमा निकै प्रभावकारी रहेकाले कृषि र लघु उद्यमीलाई यस्तो बीमाले ठूलो फाइदा पुर्याएको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS