IME Life

बाँकेको चप्पल उद्योगमा आगोलागी, १० करोडको बीमा दावी पर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गएराति बाँके जिल्लामा रहेको एक चप्पल कारखानामा आगोलागी हुँदा करिब १० करोडको क्षति भएको छ । पीडितको भनाई अनुसार घटनामा करिब १० करोडको बीमा दावी पर्ने देखिएको छ ।

घटनामा एक जना घाइते समेत भएका छन् । बाँकेको जानकी गाउँपालिका–३ मा रहेको जयश्री सियाराम चप्पल कारखानामा आगोलागी भएको हो । घट्नामा चप्पल कारखानाका सुरक्षा गाडी समेत जलेको अवस्थामा फेला परेपछि उद्धार गरी अस्पताल पुर्याइएको छ । मध्यराति १ः१५ बजे आगो लागेको प्रहरीले जनाएकोछ । घटनामा सयौं टन चयारी चप्पल तथा स्टक मालबस्तु र भौतिक संरचना जलेर नष्ट भएका छन् ।

Prabhu
Crest

राति नै भेला भएका स्थानीयबासी तथा प्रहरीले केही महंगो मेशिन तथा उपकरणहरु भने जोगाउन सफल भएको बाँके प्रहरी कार्यालय एसपी बीर बहादुर ओलीले इन्स्योरेन्स खवरलाई बताए । आगोलागी नियन्त्रणको लागि गुलरिया, कोहलपुर, नेपालगञ्जलगायत स्थानबाट ६ दमकल तथा सुरक्षाकर्मीहरु परिचालित भएका छन् ।

सञ्चालक अमरजित सिंहले कम्तीमा १० करोड रुपैयाँको सम्पत्ति नष्ट भएको दावी गरेका छन् । उक्त उद्योगले बैंकबाट ऋण लिएको खुलेकाले बीमा दावी पर्ने देखिएको छ । यद्यपि प्रहरीले भने मुचुल्का उठाएर सम्पूर्ण विवरण तयार गरेपछि मात्रै क्षतिको एकिन विवरण दिन सकिने बताए । आगोलागीको कारण खुल्न सकेको छैन । आगोलागीबारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS