GBIME
IME Life

बीमा कम्पनीमा कोभिड–१९ भाइरसको असरः प्रत्यक्ष र चक्रिय दुवै पर्नसक्छ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभर प्रकोपको रुपमा फैलिइरहेको कोभिड–१९ (कोरोना) भाइरसको असर नेपाली बीमा कम्पनीहरुमा पनि असर देखिन थालेको छ । सबैभन्दा धेरै र प्रत्यक्ष असर परेको हवाई क्षेत्रसँगै बीमा कम्पनीहरुमा पनि ट्राभल इन्स्योरेन्सबापत हुने आम्दानीमा देखिएको छ । बीमा सम्बन्धी विज्ञहरुले कोरोना भाइरसको डाईरेक्ट र एण्ड चेन इफेक्ट दुवै देखिएको विश्लेषण गरेका छन् ।

सगरमाथा इन्स्योरेन्सका सिईओ चंकी क्षेत्रले ट्राभल इन्स्योरेन्सको व्यापारमा गिरावट आएको स्वीकार गरेका छन् । कोरोनाको कारण नेपालबाट बाहिर जाने यात्रुहरुको संख्यामा गिरावट आएकोले ट्राभल इन्स्योरेन्सबाट हुने आम्दानीमा उच्च गिरावट आएको छ ।

SKYWELL
Crest

त्यस्तै युनाईटेड इन्स्योरेन्सका डेपुटी सिईओ रमेश कुमार भट्टराईले पनि कोरोनाको प्रत्यक्ष असर ट्राभल इन्स्योरेन्समा देखिएको बताउँछन् । भट्टराईले कोरोनाको असर दीर्घकालिन रुपमा चक्रिय असर (चेन इफेक्ट) देखिन सक्ने भन्दै बीमा कम्पनीहरु सचेत हुनुपर्ने बताउँछन् । कोरोनाको कारण विश्वभरको व्यापारमा असर परेको र त्यसैको असर केही पछि नेपाली बीमा क्षेत्रमा देखिने बताए ।

त्यस्तै, नेपाल इन्स्योरेन्सका नायब महाप्रबन्धक बिक्रान्त पाण्डेले बीमा क्षेत्रमा कोरोनाको असर ठूलो पर्न सक्ने चेतावनी दिए । उनले भने, ‘कोरोनाको कारण उद्योग व्यवसाय धरासायी भएका छन्, यसबाट गाडीको बिक्रीमा कमी आउनेछ, त्यसपछि बल्ल बीमा क्षेत्रमा असर देखिन्छ ।’ बीमा क्षेत्रमा लामो समय बिताएका नायब महाप्रबन्धक पाण्डेले इन्स्योरेन्स खवरसँग भने, ‘बैंकबाट ऋण लिएर चलाइएका धेरै उद्योगहरु बन्द भएको अवस्थामा बीमा कम्पनीमाथि दावी भुक्तानीको दवाव र व्यापारमा गिरावट दुवै खालको चुनौति आईपर्न सक्छ ।’

विश्वभर कोभिड–१९ भाइरसको कारण अर्बौ रुपैयाँको क्षति पुगिसकेको छ । चीनको वुहान तथा आसपासका क्षेत्रमा झण्डै ६ करोड जनतालाई लक डाउन गरिएको छ । त्यस्तै इटाली, अमेरिका र इरानका कैंयौं शहरहरुमा आपतकालिन अवस्थाको घोषणा गरिएका कारण व्यापार व्यवसाय ठप्प छ ।

कोरोना भाइरसको असर निर्जिवन बीमा क्षेत्रमा बढि भएपनि जीवन बीमा क्षेत्रमा केही न्यून हुने अपेक्षा गरिएको छ । जीवन बीमा मानिसको बचत भएकोले न्यून असर पर्न सक्नेछ । उता, विदेश जाने नेपाली युवाको संख्यामा ह्वात्तै ब्रेक लाग्दा बैदेशिक रोजगार म्यादी बीमाको कारोबार पनि घटेको छ ।

विश्वका विभिन्न एजेन्सीहरुले कोरोना भाइरसले पार्न सक्ने असरबारे विभिन्न अनुमानहरु सार्वजनिक गर्दै आएका छन् । यद्यपि आगामी अप्रिलमा पहिलो त्रैमासिक विवरवणपछि मात्रै आधिकारिक तथ्याङ्क बाहिर आउनेछ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS