IME Life New

कोरोनाको उपचार खर्च बीमा कम्पनीले भुक्तानी नगर्ने, पुनर्बीमा कम्पनीले पठाउन थाले पत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलदै गरेको कोरोना (कोभिड–१९) रोगको उपचार खर्च बीमा कम्पनीहरुले व्यहोर्न नसक्ने भएका छन् । नेपालस्थित निर्जिवन बीमा कम्पनीहरुलाई सम्बन्धीत पुनर्बीमा कम्पनीहरुले भटाभट पत्र पठाएर कोरोना रोग महामारी भएको, विश्व स्वस्थ्य संगठनले नै कोरोनाका कारण संकटकाल घोषणा गरेकोले यस्तो रोगको उपचार खर्च बीमा कम्पनीहरुको भुक्तानी दायित्व भित्र नपर्ने भन्दै पत्र पठाएपछि नेपालस्थित बीमा कम्पनीहरुले कोरोना रोगको उपचार बापतको खर्च भुक्तानी गर्न नसक्ने भएका छन् ।

नेपाल बीमक संघका सचिव चंकी क्षेत्रीले पुनर्बीमा कम्पनीहरुले भटाभट पत्र आउने क्रममा रहेको बताए । कोभिड–१९ अर्थात कोरोना रोगको उपचार बापतको खर्च बीमा कम्पनीबाट हुन नसक्ने भन्दै त्यस्तो रोगको उपचार खर्च पुनर्बीमा दावी भुक्तानी हुन नसक्ने व्यहोरा उल्लेख गरेर पुनर्बीमा कम्पनीहरुले पत्र पठाउन थालेका छन् । स्वीस री, ट्रष्ट री लगायतका पुनर्बीमा कम्पनीहरुले कोरोना रोगको उपचार खर्च बीमा कम्पनीले व्यहोर्न नसक्ने पत्राचार गरेको हो । अन्य कम्पनीहरुलाई समेत पुनर्बीमा कम्पनीबाट कोरोना रोगको उपचार खर्च बापतको रकम दावी भुक्तानीको दायित्व सिर्जना नगर्न पत्र आएको छ ।

Esewa
Crest

नेपालस्थित पुनर्बीमा कम्पनी नेपाल रि इन्स्योरेन्स कम्पनीले भने कुनै पनि बीमा कम्पनीलाई कोरोनाको दावी भुक्तानी नगर्ने भन्ने पत्राचार नगरेको जनाएको छ । विश्वका झण्डै ४० देशमा व्यापार पुनर्बीमा गरेको नेपाल री इन्स्योरेन्सले कोरोना रोगको उपचार खर्च व्यहोर्ने नव्यहोर्ने सम्बन्धमा आफ्ना कम्पनीहरुलाई कुनै सूचना नदिएको एक बीमा कम्पनीका सिईओले इन्स्योरेन्स खवरलाई बताए । केही बीमा विदेशमा समेत गरेको नेपाल री इन्स्योरेन्स कम्पनीले बीमाको सिद्धान्त पालना गर्दै पत्राचारमा ढिलाई हुँदा अर्बौ रुपैयाँ दावी भुक्तानीमा फस्ने सक्ने जोखिम बढेको छ ।

बीमाको सिद्धान्त अनुसार महामारी, द्वन्द, युद्ध जस्तो अवस्थामा बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीले भुक्तानी गर्न बाध्य हुँदैन । बीमा समितिले भने सो सम्बन्धमा अध्ययन पश्चात ठोस निर्णय हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS