IME Life New

डा. खतिवडाको पहिलो कार्यकालः कस्तो रह्यो शेयर बजार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डा. युवराज खतिवडा आज दोश्रो कार्यकालका लागि अर्थमन्त्री पदमा नियुक्त भएका छन्। डा. खतिवडाले २०७४ साल फाल्गुन १४ गते अर्थमन्त्री नियुक्त भएका थिए। डा. खतिवडा अर्थमन्त्री नियुक्त हुनुअघि नेप्से परिसूचक १३७४ दशमलव ७३ को विन्दुमा बन्द रहेको थियो।  २०७६ साल फाल्गुन २० गते डा। खतिवडाले राजिनामा दिँदा नेप्से परिसुचक १५०९ दशमलव ६७ को विन्दुमा रहेको थियो । डा. खतिवडा अर्थमन्त्रीमा नियुक्ती हुनु अधि र राजिनामा दिएको दिनको समग्र बजार विश्लेषण गर्दा झण्डै १३५ अंकको बृद्धि आएको देखिन्छ । यसैका आधारमा कति सफल भए ? कति असफल भए भनेर पुँजिबजारको कोणबाट भन्न सकिन्छ ।

Esewa
Crest

अर्थमन्त्री डा. खतिवडाको प्रथम कार्यकालमा नेप्से परिसुचक १३४ दशमलव ९४ अंकको वृद्धि देखिएको छ।  नेप्से परिसुचकलाई आधार मान्दा डा. खतिवडाको कार्यकालमा बजार करिव १० प्रतिशतले वृद्धि भएको छ।

डा. युवराज खतिवडाको कार्यकालमा नेप्से यही फागुन १५ गते १६३२ दशमलव १७ को उच्च विन्दु सम्म पुगेको थियो भने २०७५ फागुन १९ गते ११०० दशमलव ५८ को न्यून विन्दु सम्म झरेको थियो।

अर्थमन्त्री डा. खतिवडालाई सुरुवाती चरणमा दोश्रो बजारले मन पराएको थिएन। त्यसैले कारोबार भएको अधिकांश समय ११०० देखि १३०० को बीचमा रहन पुगेको थियो । तर जब अर्थमन्त्रीको कार्यकाल सकिने समय आयो तब शेयर बजारमा एकाएक उछाल आयो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS