IME Life

आकाशमा उड्दा उड्दै कोरोनाले भेट्टायो, भारतमा रोगीको संख्या १५ पुग्यो, अमेरिकामा थप तीनको मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभर आतंक मच्चाइरहेको कोरोनाको प्रकोप अझै फैलदै गएको छ । कोरोना रोक्न विश्वभरि नै कडा चेकजाँच गरिरहेको बेला नयाँ नयाँ स्थानबाट कोरोना रोगीहरु भेटिन थालेका छन् ।

Prabhu
Crest

सिंगापुरबाट उडेको एक जहाजका यात्रुलाई मध्य आकाशमै कोरोनाले भेट्टाएको छ । मंगलबार सिंगापुरबाट उडेको एयर न्यूजिल्याण्डको जहाजभित्रै एक यात्रुलाई कोरोनाले समाएपछि न्यूजिल्याण्डभरि हंगामा मच्चिएको छ । सिंगापुरबाट ओक्ल्याण्डको रुटमा रहेको उडान नं एनजेड २८३ नम्वरको उडानबाट फर्कदै गर्दा एक महिलालाई आकाशमै कोरोनाले समातेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

घटनापछि एयर न्यूजिल्याण्डले त्यहाँको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर कोभिड–१९ विरुद्धको लडाईमा सहभागी भएको जनाएको छ । ति महिलालाई न्यूजिल्याण्डमा अस्पतालमा भर्ना गरेर उपचार भइरहेको जनाइएको छ ।

उता, भारतमा आज विहानसम्म १५ जना कोभिड–१९ बाट संक्रमित भएका छन् । इटालीबाट आएका थप व्यक्तिलाई भारतको राजस्थानमा परिक्षण गर्दा कोरोना पुष्टि भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उता, अमेरिकामा मृत्यु हुनेको संख्या नौ पुगेको छ । कोरोनाविरुद्ध लड्न अमेरिकाले कतिपय शहरहरु लकिङ सुरु गरिसकेको भएपनि अमेरिकामा रोगी र मृत्यु हुनेको संख्या लगातार बृद्धि हुँदै गएको छ । त्यस्तै, दक्षिण कोरियामा रोग संक्रमितको संख्या लगातार बढ्ने क्रममा छ । दक्षिण कोरियामा दैनिक पाँच सय नयाँ रोगीहरु फेला परिरहेका छन् ।
कोरोनाले चर्को आतंक मच्चाइरहेको इरानमा पनि संघर्ष जारी रहेको जनाएको छ ।

कोरोना भाइरसको आतंकपछि विश्वभरको सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको छ । जापानले सुनामीको बार्षिकोत्सवमा आयोजित कार्यक्रम स्थगित गरेको छ । संसारभर नै सार्वजनिक कार्यक्रमहरु अधिकांश स्थगित गरिएका छन् । उता, कोरोना भाइरस पहिलो पटक फेला परेको चीनमा भने दैनिक रुपमा बिराामीहरुको संख्या घट्ने क्रममा रहेको छ । हिजो १३१ जना मात्रै नयाँ रोगी फेला परेको चीनले जनाएको छ । पछिल्लो पटक युरोपको इटाली, एसियाको इरान र दक्षिण कोरियामा तीव्र गतिमा बढिरहेको छ ।

नेपालमा पनि कोरोनाबाट बच्न पूर्व तयारीहरु सुरु गरिसकिएको छ । नेपाल आउने पर्यटकलाई विमानस्थलमा कडा चेकजाँच गरिएको छ भने नेपालबाट बाहिर जानेहरुको समेत चेकजाँच गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS