Connect IPS
IME Life

पुँजि बजारमा बीमा कम्पनीहरुको उतार चढाव कस्तो देखियो ? हेरौं तथ्याङ्क विश्लेषण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मंगलबार नेपालको पुँजि बजारमा बिरलै हुने उतार चढाव देखिया । कारोबार सुरु हुने वित्तिकै बढेको बजार मूल्य क्षणभर पनि टिक्न नसकेपछि पुनः अघिल्लो दिनकै शैलीमा ओरालो लाग्यो । पुनः ओरालो लागेको शेयर पुनः सम्हालिँदै बढ्ने र घट्ने क्रममा जारी रह्यो । शेयर कारोबार बन्द नहुँदै ५५ मिनेट सर्भर डाउन भएर शेयर कारोबार बन्द भयो । सोही बमोजिम थप गरिएको समयमा शेयर कारोबार पुनः सम्हालिँदै १४ अंकले बढ्न सफल भएको छ ।

Prabhu
Crest

पुँजि बजार बृद्धिमा मुख्य भूमिका निर्वाह गर्दै आएको बीमा क्षेत्रमा मंगलबार निकै ठूलो उतार चढाव आएको छ । सबैभन्दा धेरै कारोबार भएको नेपाल लाईफको कारोबारमा खासै ठूलो उतार चढाव आएन । एक हजार दुई सय २० रुपैयाँसम्म झरेको नेपाल लाईफको मूल्य एक हजार तीन सय ६२ सम्म पुगेर एक हजार तीन सय ०८ रुपैयाँमा आएर १९ रुपैयाँले बृद्धि भई बजार बन्द भएको छ ।

त्यस्तै अर्को जीवन बीमा कम्पनी एशियन लाईफको मूल्य ६५४ रुपैयाँसम्म पुगेर ५७६ रुपैयाँ सम्म तल झरेको थियो । बजार बन्द हुँदा ६१७ रुपैयाँ कायम भएर २ रुपैयाँले बृद्धि हुन पुगेको छ । गुराँस लाईफको शेयर बजारको उतार चढाव खासै भएन । ८८५ रुपैयाँबाट कारोबार सुरु भएको सो बीमा कम्पनीको ९५० रुपैयाँसम्म शेयर कारोबार हुन पुगेको छ ।

एलआइसीएन नेपालको शेयर कारोबारमा आज ५० रुपैयाँले बृद्धि भएको छ । एक हजार चार ९० रुपैयाँमा पहिलो कारोबार भएकोमा कारोबार बन्द हुँदा एक हजार पाँच सय ७० रुपैयाँमा आएर बन्द भएको छ । सो कम्पनीको बजार मूल्य अधिकतम १५९९ र न्यूनतम १४६२ सम्ममा झरेको थियो ।

त्यस्तै नेशनल लाईफ इन्स्योरेन्सको शेयर मूल्य २२ रुपैयाँले बढेको छ । ७३४ रुपैयाँबाट कारोबार सुरु भएकोमा ६९२ रुपैयाँसम्म झरेको थियो भने ८१२ रुपैयाँसम्म पुगेपनि अन्त्यमा ७७० रुपैयाँ मूल्य कायम भएर बन्द भएको छ ।

प्राईम लाईफको शेयर मूल्यको चार्टमा ६२१ बाट सुरु भई अधिकतम ६६० रुपैयाँसम्म पुगेर ५९४ रुपैयाँसम्म झरेर ६३४ रुपैयाँ कायम भई १ रुपैयाँ मूल्यबृद्धि पश्चात बन्द भएको छ । त्यस्तै सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको बजार मूल्य १९ रुपैयाँले बढ्न पुगेको छ । ४९६ रुपैयाँमा पहिलो कारोबार भएकोमा ४३७ रुपैयाँसम्म झरेर ४९२ रुपैयाँमा पुगेर बजार बन्द भएको छ ।

निर्जिवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको मूल्य घटेको छ । सो कम्पनीको मूल्य १५६ रुपैयाँले गिरावट आएको छ । त्यस्तै एभरेष्ट इन्स्योरेन्सको मूल्य पनि ४०० बाट सुरु भई ३८७ सम्म झरेर ४३१ रुपैयाँमा पुगेर बजार बन्द भएको छ ।

हिमालयन जनरल इन्स्योरेनस कम्पनीको बजार मूल्य ४३९ रुपैयाँमा कारोबार सुरु भई ४४६ सम्म पुगेर ३९२ सम्म झरेर १६ रुपैयाँमा बृद्धि हुन पुगेको थियो । लुम्बिनी जनरल इन्स्योरेन्सको बजार मूल्यमा ठूलो अन्तर आएन । ५५१ रुपैयाँमा कारोबार भएको सो कम्पनीको मूल्य ५५१ सम्म पुगेर तथा ५०० मा झरेर पुनः ५३३ रुपैयाँमा पुगेर बजार बन्द भएको छ ।

नेको इन्स्योरेन्स कम्पनीको बजार मूल्यमा निकै उछाल आएको थियो । ५८० रुपैयाँमा कारोबार सुरु भएको नेकोको मूल्य ६३८ सम्म पुगेर ५६५ मा झर्दै अन्त्यमा ३५ रुपैयाँको बृद्धि हासिल गर्दै ६२० रुपैयाँमा आएर बजार बन्द भएको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीको शेयर मूल्इमा ४७८ रुपैयाँबाट कारोबार सुरु भएकोमा ५०९ सम्ममा पुगेर ४४५ रुपैयाँसम्म तल झरेर अन्त्यमा ४९४ रुपैयाँको मूल्य कायम भएर १२ रुपैयाँको मूल्यबृद्धि हासिल गर्दै बजार बन्द भएको छ ।

एनएलजी इन्स्योरेन्स ६४० रुपैयाँबाट कारोबार भएकोमा ६१६ रुपैयाँसम्ममा झरेर ७०२ रुपैयाँसम्म माथि उक्एिलर अन्त्यमा ६८१ रुपैयाँमा बजार बन्द हुँदा पुँजि बजारमा ३१ रुपैयाँले मूल्यबृद्धि भएको छ । त्यस्तै प्रभु, इन्स्योरेन्सले ४९३ रुपैयाँसम्म पुगेर ४२८ सम्म झरेको छ । त्यस्तै प्रिमियर इन्स्योरेन्स कम्पनीको आजको मूल्य ६७० अधिकतम पुग्यो भने न्यूनतम ६०५ मा झर्दै १८ रुपैयाँको मूल्यबृद्धि भएको छ ।

प्रुडेन्सियल इन्स्योरेन्सको बजार मूल्य पनि ५३४ सम्म पुगेर ४९० सम्म मूल्य तल झरेको छ । त्यस्तै सगरमाथा इन्स्योरेन्सको मूल्यमा ७८० रुपैयाँको बिन्दु छोएर ७२१ रुपैयाँमा तल झर्दै ७७० रुपैयाँमा बजार बन्द भएको छ । त्यस्तै शिखर इन्स्योरेन्स १०७० सम्म पुगेर ९३१ सम्म झेर कारोबार भएको छ । त्यस्तै सिद्धार्थ इन्स्योरेन्स ६३० को बिन्दु पुगेर ५४७ सम्म झर्दै ६०५ को बिन्दु कायम गरेर बजार बन्द भएको छ । त्यस्तै, युनाईटेड इन्स्योरेन्सको शेयर मूल्य अधिकतम् ४१५ को बिन्दु पुगेर न्यूनतम ३५३ रुपैयाँसम्म झरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS