काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज आफ्नो पदबाट राजिनामा दिएका छन् । स्रोतका अनुसार खतिवडाले आजै राजिनामा दिएका हुन् । उनलाई पुनः अर्थमन्त्री तथा सूचना तथा सञ्चार मन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको छ ।
डा. खतिवडाको शपथग्रहण भोलिमात्रै हुने जनाइएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरले आजको लागि कु्नै कार्यक्रम नतोकिएको बताए । स्रोतका अनुसार डा. खतिवडाको शपथ भोलि मात्रै हुनेछ ।