IME Life New

१५ कम्पनीको बजारमूल्यमा ९% भन्दा बढिको गिरावट, सबै बीमा कम्पनीको मूल्य घट्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सोमबार नेपालको पुँजि बजारमा नयाँ रेडर्क राख्दै बजार मूल्य ह्वात्तै घट्दा सर्किट लागेर साढे १ बजे नै कारोबार रोकिन पुगेको छ । सोमबार पुरै बजार खुलेको भए शेयर मूल्यमा गिरावट आएको भएपनि कारोबार भने झण्डै चार अर्ब हाराहारीमा नै हुने सम्भावना थियो । साढे एक बजेसम्म भएको कारोबारबाट दुई अर्ब १५ करोड ४४ लाख २८ हजार २१५ रुपैयाँ कारोबार भएको छ ।

सोमबार घटेको बजारको चरित्र हेर्दा धेरै कम्पनीको मूल्यमा उच्च गिरावट आएको छ । १५ वटा कम्पनीको मूल्यमा ९ प्रतिशतभन्दा बढिले गिरावट आएको छ२८ हजार २१५ रुपैयाँ कारोबार भएको छ ।

Crest

सोमबार घटेको बजारको चरित्र हेर्दा धेरै कम्पनीको मूल्यमा उच्च गिरावट आएको छ । १५ वटा कम्पनीको मूल्यमा ९ प्रतिशतभन्दा बढिले गिरावट आएको छ । त्यसरी गिरावट आउने कम्पनीको पहिलो र दोस्रो सूचिमा बीमा कम्पनी नै रहेका छन् । प्रभु इन्स्योरेन्सको मूल्य ९.९६० प्रतिशतले घटेको थियो भने प्रिमियर इन्स्योरेन्सको मूल्य ९.९४ प्रतिशतले घट्दा कारोबार बन्द हुन पुगेको थियो । कूल १५ वटा कम्पनीको मूल्य नौ प्रतिशत माथि हुँदा छ वटा बीमा कम्पनी सो सूचिमा परेका छन् । पहिलो र दोस्रो बाहेक शिखर, सूर्या लाईफ, सिद्धार्थ र एभरेष्ट इन्स्योरेन्सको मूल्य सर्किट नजिकै पुगेका थिए । त्यस्तै, राष्ट्रिय बीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्सको मूल्यमा भारी गिरावट आएको छ ।

त्यस्तै, नेशनल लाईफ इन्स्योरेन्स, गुराँस लाईफ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, एलआईसी नेपाल, नेको इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, एशियन लाईफ इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, प्राईम लाईफ इन्स्योरेन्सको मूल्यमा समेत गिरावट आएको छ । दुई साता पहिले बीमा कम्पनीबाट माथि उचालिएको बजार मूल्य सोमबार सबै बीमा कम्पनीहरुको बजार मूल्यमा गिरावट आएर कारोबारमा सर्किट लाग्न पुगेको छ ।

कम्पनीको कोड                              कारोबार मूल्य                   घटेको प्रतिशत

PRIN452.00-9.96016
PIC625.00-9.94236
SICL1,000.00-9.82867
SLICL473.00-9.73282
EIC407.00-9.55556
SIL580.00-9.375
RBCLPO9,108.00-8.6551
NLIC1,279.00-8.64286
NIL585.00-8.4507
SIC730.00-8.29146
UIC378.00-8.25243
NLG650.00-7.53912
NLICL748.00-7.08075
GLICL900.00-6.92865
LICN1,520.00-6.86275
RBCL10,766.00-6.13775
NICL482.00-6.04288
IGI463.00-5.5102
RHPC87.00-5.43478
PRVU264.00-5.37634
ALICL615.00-5.09259
HGI419.00-4.55581
LGIL525.00-4.54545
PICL515.00-3.73832

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS