Connect IPS
IME Life

आक्रमक रुपमा शाखा विस्तार गर्दै जीवन बीमा कम्पनीहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक बर्षको माघ मसान्तसम्म निर्जिवन बीमा कम्पनीहरु भन्दा जीवन बीमा कम्पनीहरु आक्रामक रुपमा शाखा विस्तार र कर्मचारी सङख्या बढाएको तथ्याङ्कले देखाएको छ । बीमा समितिमा कम्पनीहरुले बुझाएको माघ मसान्तसम्मको तथ्याङ्क अनुसार निर्जिवन बीमा कम्पनीहरुभन्दा जीवन बीमा कम्पनीहरुको शाखा विस्तार र कर्मचारीको सङख्या बढाउने कम्पनीको रुपमा रहेको देखिएको हो ।

माघ मसान्तसम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुमा १ हजार ८ सय २३ वटा कार्यालय सङख्या रहेको छ भने जसमा आवद्ध कर्मचारी ५ हजार ४ सय ५८ रहेका छन् । सोही अवधीमा २० वटा निर्जिवन बीमा कम्पनीहरुले ९ सय १० वटा कार्यालय विस्तार गरेको छ भने ४ हजार ८ सय ६४ जना कर्मचारी रहेका छन् ।

Prabhu
Crest

जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ अगाडि

माघ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कुल कार्यालय सङख्या १ सय ९६ रहेको छ भने कम्पनीमा ६ सय ४ जना कर्मचारी आवद्ध रहेका छन् ।

लाइफ इन्स्योरेनस कर्पोशन नेपालको ७४ वटा कार्यालय रहेको छ भने कम्पनीमा २ सय ४५ जना कर्मचारी आवद्ध छन् । नेशनल लाइफ इन्स्योरेन्सको १ सय वटा शाखा कार्यालय रहेको छ भने कम्पनीमा ३ सय ५८ जना कर्मचारी आवद्ध छन् । धेरै वटा कार्यालय कर्मचारी राखेर चुस्तदुरुस्त रुपमा सञ्चालन गर्दै आएको पाइएको छ ।

ज्योति लाइफको १ सय १६ वटा कार्यालय सङख्या र ३ सय ४४ जना कर्मचारी, सन नेपाल लाइफको ७७ वटा ३ सय ३१ जना कर्मचारी, रिलायन्स लाइफले १ सय वटा कार्यालय र २ सय २० जना कर्मचारी, रिलायबल लाइफले ८२ वटा कार्यालय र ३ सय ६ जना कर्मचारी, सिटिजन लाइफको १ सय १३ वटा कार्यालय सङख्या रहेको छ भने कम्पनीमा २ सय ३९ जना कर्मचारी आवद्ध छन् ।

मेट लाइफ इन्स्योरेन्सको ३० वटा कार्यालय र १ सय ४३ जना कर्मचारी, एसियन लाइफको १ सय ३० वटा कार्यालय सङख्या रहेको छ भने कम्पनीमा १ सय ३० जना कर्मचारी, सूर्या लाइफको ३२ वटा कार्यालय र २ सय ८३ जना कर्मचारी, गुराँस लाइफको ७३ वटा कार्यालय र १ सय ७३ जना कर्मचारी, प्राइम लाइफको १ सय २७ वटा कार्यालय र ३ सय ६४ जना कर्मचारी, आइएमई लाइफको १ सय ३ वटा कार्यायलय सङख्या र २ सय ५९ जना कर्मचारी, युनियन लाइफको १ सय ७८ वटा कार्यालय र ३ सय ८५ जना कर्मचारीहरु आवद्ध रहेका छन् ।

सानिमा लाइफको ८३ वटा कार्यालय सङख्या र १ सय ६२ जना कर्मचारी, प्रभु लाइफको ७५ वटा कार्यालय रहेको छ भने कम्पनीमा २ सय ६० जना कर्मचारी र महालक्ष्मी लाइफले ६० वटा कार्यालय रहेको छ भने कम्पनीमा २ सय ८ जना कर्मचारीहरु आवद्ध छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको १४ वटा कार्यालय रहेका छन् भने संस्थानमा १ सय ५१ जना कर्मचारी आवद्ध छन् ।

निर्जिवन कम्पनीहरुमा शिखर इन्स्योरेन्स अगाडी
बीमा समितिको तथ्याङ्क अनुसार माघ मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको ९५ वटा शाखा कार्यालय रहेको छ भने कम्पनीमा ६ सय १२ जना कर्मचारीहरु आवद्ध रहेका छन् । त्यस्तै, सगरमाथा इन्स्योरेन्सको ८० वटा कार्यालय सङख्या रहेको छ । प्रिमियर इन्स्योरेन्सको ६५ वटा शाखा ३ सय २५ जना कर्मचारी कम्पनीमा आवद्ध छन् । एनएलजी इन्स्योरेन्सको ९७ वटा कार्यालय सङख्या र ३ सय ७४ जना कर्मचारी, सिद्धार्थ इन्स्योरेन्सको ७९ वटा कार्यालय सङख्या र ३ सय ५३ जना कर्मचारीहरु आवद्ध रहेका छन् ।

त्यस्तैगरी ,नेपाल इन्स्योरेन्सको ४९ वटा कार्यालय रहेको छ भने २ सय ८६ जना कर्मचारीहरु रहेका छन् । दि ओरियन्टल इन्स्योरेन्समा १४ वटा कार्यालय रहेका छन् भने १ सय १ जना कमर्चारी रहेका छन् । नेशनल इन्स्यारेनसको १३ वटा कार्यालय सङख्या रहेको छ भने ७४ जना कर्मचारी कम्पनीमा आवद्ध रहेका छन् । हिमालयन जनरल इन्स्योरेन्सको २८ वटा कार्यालय सङख्या रहेको छ भने १ सय ७८ जना कर्मचारी कम्म्पनीमा आवद्ध रहेका छन् ।

युनाइटेड इन्स्योरेन्सको ३० कार्यालय सङख्या रहेको छ भने कम्पनीमा १ सय ९३ जना कर्मचारी आवद्ध छन् । एभरेष्ट इन्स्योरेन्सको ३१ वटा शाखा कार्यालय रहेको छ भने १ सय ९२ जना कर्मचारी कम्पनीमा आवद्ध छन् । नेको इन्स्योरेन्सको ५६ वटा कार्यालय सङख्या र ३ सय ९३ जना कर्मचारी कम्पनीमा आवद्ध, र ३ सय ६७ जना कर्मचारी आवद्ध, प्रभु इन्स्योरेन्सको ४४ वटा कार्यालय सङख्या रहेको छ भने कम्पनीमा १ सय ७८ जना कर्मचारी आवद्ध, आइएमई जनरसल इन्स्योरेन्सको कार्यालय सङख्या ४८ रहेको छ भने कम्पनीमा २ सय ८८ जना कर्मचारी, प्रुडेन्सियल इन्स्योरेन्सको ३७ वटा शाखा कार्यालय छ भने २ सय ३४ जना ,लुम्बिनी जनरल इन्स्योरेन्सको ४६ वटा शाखा कार्यालय र २ सय ४२ जना कर्मचारी सङख्या कर्मचारी कम्पनीमा आवद्ध छन् ।

नयाँ तीन कम्पनीहरु
जनरल इन्स्योरेनस कम्पनीमा ५० वटा कार्यालय सङख्या रहेको छ भने १ सय १ सय ७२ वटा कर्मचारी, अजोड इन्स्योरेन्सको ३० वटा कार्यालय सङख्या रहेको छ भने १ सय ९३ जना कर्मचारी र सानिमा जनरल इन्स्योरेन्सको १८ वटा शाखा कार्यालय रहेको छ भने ९९ जना कर्मचारी सङख्या रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS