IME Life New

इन्स्योर सफ्टवयर हटाउँदै एभरेष्ट इन्स्योरेन्स, नयाँ सफ्टवयरका लागि बोलपत्र आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले आन्तरिक रुपमा प्रयोग गर्दै आएको सफ्टवयरले प्रभावकारी रुपमा काम नगरेपछि निर्जिवन बीमा कम्पनीहरुले इन्स्योर प्लस सफ्टवयर हटाउन थालेका छन् ।

यसैक्रममा एभरेष्ट इन्स्योरेन्स कम्पनीले प्रयोग गर्दै आएको “इन्स्योर” नामक सफ्टवयर हटाउने निर्णय गरेको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनीले केही समय पहिलो सार्वजनिक रुपमा सूचना प्रकाशित गरी बोलपत्रमार्फत नयाँ कोर सफ्टवयेरको लागि आह्वान गरिएको जनाएको छ । सो सूचनामा कोर सफ्टवयर आपूर्ति गर्ने कम्पनीहरुलाई सिलबन्दी बोलपत्र पेश गर्न भनिएको छ । *एभरेष्ट इन्स्योरेन्सका सूचना अधिकारी भरत कुमार भट्टराईले आन्तरिक रुपमा विकास गरी प्रयोग गर्दै आएको इन्स्योरेन्स प्रो नाम दिइएको सफ्टवयर प्रयोग गर्दै आएकोमा अब नयाँ सफ्टवयरका लागि प्रस्ताव आह्वान गरिएको बताए ।

Esewa
Crest

नेपालको ९० प्रतिशत निर्जिवन बीमा कम्पनीहरुले प्रयोग गर्दै आएको इन्स्योर सफ्टवयरले राम्रोसँग काम नगर्दा ओरियन्टल इन्स्योन्सको प्रथम त्रैमासको वित्तीय विवरण हालसम्म पनि प्रकाशन गर्न सकेको छैन । वित्तीय विवरण नै तयार गर्न नसकेपछि ओरियन्टल इन्स्योरेन्सले ‘इन्स्योर’ सफ्टवयरका कारण समस्या आएको प्रष्टिकरण दिएको बीमा समिति सूत्रले जनाएका छन् । ओरियन्टल इन्स्योन्सले अरिहन्त टेक्नोलोजीले तयार गरेको इन्स्योर सफ्टवयरमा पुनर्बीमा कम्पनीको कमिशनको हिसाब किताब अझैसम्म पनि मिल्न नसकेको भन्दै वित्तीय विवरण सार्वजनिक रुपमा पत्रिकामा प्रकाशन गर्न नसकेको मौखिक जवाफ ओरियन्टल इन्स्योरेन्सका कर्मचारीले दिएको समितिका एक अधिकारीले बताए ।

बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले बीमा समितिले आईटी सम्बन्धी छुट्टै निर्देशिकामार्फत सफ्टवयरको व्यवस्था गर्न भनेकाले बीमा कम्पनीहरुले सोही निर्देशिका बमोजिमको सफ्टवयर खरिद गरेर सञ्चालन गर्नुपर्ने बताए ।

*सम्पादन गरिएको

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS