IME Life New

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ३३ औं वर्षमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको पुरानो जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ३२ औं वर्ष पूरा गरी आजदेखि ३३ औं वर्षमा प्रवेश गरेको छ । सन् १९८८ मा नेशनल लाईफ एण्ड जनरल इन्स्योरेन्स कम्पनीको रुपमा स्थापना भएको यो कम्पनीले हरेक वर्षको फागुन १० गतेलाई आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । निर्जिवन र जीवन बीमा कम्पनीलाई छुट्याउने नीति अन्तर्गत हाल नेशनल इन्स्योरेन्स कम्पनीको रुपमा सञ्चालन भइरहेको कम्पनीले आजबाट ३३ औं वर्षमा प्रवेश गरेको हो ।

Esewa
Crest

जीवन बीमाको व्यवसायिक अभ्यास, पारदर्शीता, विश्वसनीयता र इमान्दारितालाई मुख्य मार्गदर्शक सिद्धान्तको रुपमा अंगालेको कम्पनीले सबैलाई आर्थिक स्वतन्त्रता प्रदान गर्ने सिद्धान्तबाट अभिप्रेरित नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आगामी दिनमा पनि जीवन बीमा अझै सरल, सहज र अत्याधुनिक बनाएर अघि बढ्ने प्रतिबद्धता सिईओ भरत बस्नेतले व्यक्त गरेका छन् ।

नेपाली लगानीकर्ताको ४५ प्रतिशत, विदेशी ज्वाईन्ट भेन्चरमा १० प्रतिशत, राष्ट्रिय बाणिज्य बैंकको १० प्रतिशत र सर्वसाधारणको ३५ प्रतिशत शेयर लगानी रहेको नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालमा अत्याधुनिक सुविधा सहितको उत्कृष्ट प्रतिफलसहितको जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ ।

विगतमा राजपरिवारका सदस्यको समेत लगानी रहेको नेशनल लाईफ इन्स्योरेन्स कम्पनीमा चुक्ता पुँजि तीन अर्ब आठ करोड २५ लाख २६ हजार ७०० रुपैयाँ रहेको छ । नेशनल लाईफ इन्स्योरेन्सको जीवन बीमा कोष सहितका कोषमा ३१ अर्ब आठ करोड ६३ लाख ९१ हजार ८४५ रुपैयाँ जम्मा गरेको छ । नेपालकै पुरानो कम्पनी भएकाले नयाँ कम्पनीहरुले प्रतिस्पर्धामा उछिने पनि दुई दशक एकछत्र राज गरेको थियो भने अझै पनि नेपालको उत्कृष्ट कम्पनीको रुपमा जीवन बीमा कोषका आधारमा कूल २० वटा जीवन बीमा कम्पनी मध्ये तेस्रो ठूलो कम्पनी हो ।

६३ देखि ८२ रुपैयाँ घोषित बोनस दर रहेको नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले देशैभरि शाखा, उपशाखा गरी १०० भन्दा बढि स्थानबाट सेवा प्रवाह गर्दै आएको छ । बार्षिकोत्सवको अवसरमा राजधानी बाहिर तथा विभिन्न शाखा कार्यालयहरुले विभिन्न सामाजिक काम गरेर भव्य रुपमा मनाए पनि केन्द्रीय कार्यालय भने कुनै औपचारिक कार्यक्रम नगरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS