Connect IPS
IME Life

सलाम एयरलायन्सको जनरल सेल्स एजेन्टमा आईएमई समूह अन्तर्गतको आईएमई ट्राभल्स

SPIL
NIC ASIA new
Sanima Reliance

रेमिटेन्स व्यवसायबाट व्यापारिक साम्राज्य खडा गरेको आइएमर्इ समूह आइएमर्इ रेमिटेन्स हुँदै बैंक तथा वित्तिय संस्था, इन्स्योरेन्स क्षेत्रमा, हस्पिटालिटी, जलविद्युत, इन्भेस्टमेन्ट कम्पनी, पुर्बाधार बिकाश, पर्यटन, अक्सिजन लगायतको व्यापारमा सक्रिय रहेको समूहले पहिलो पटक अन्त्ररस्त्रिया बिमान सेवा प्रदायक कम्पनी ‘सलाम एयर’को जनरल सेल्स एजेन्ट बनेको छ ।

आईएमई समूह अन्तर्गतको आईएमई इन्टरनेशनल ट्राभल्स प्राइभेट लिमिटेडले ओमानको सलाम एयरलायन्सको जनरल सेल्स एजेन्टको कम गर्ने छ । एयरलायन्सले काठमाडौंदेखि ओमानको मस्कटमा उडान भर्ने आईएमई इन्टरनेशनल ट्राभल्स प्राइभेट लिमिटेडले जनाएको छ ।
सलाम एयरलायन्सले पहिलो काठमाडौंदेखि मस्कटसम्म उडान सुरू गरेकाे हो । सन् २०१७ देखि वजेट एयरलायन्सको रुपमा उडान थालेको सलामको काठमाडौं १५ औं गन्तव्य हो ।’एयरबस कम्पनी बाट उत्पादित ए–३२०’ सिरिजको सलाम एयरको १७४ यात्रु बोक्ने क्षमताको विमानमार्फत कम्पनीले सेवा उपलब्ध गराउने छ ।

Prabhu
Crest

ओमानबाट काठमाडौं बिहान ८ बजेर ३० मिनेटमा अवतरण गर्ने र ८ बजार ४० बजे मस्कटका लागि उडान भर्नेछ । मध्यपुर्व जाने नेपालीलाई लक्षित गरी सलाम एयरले उडान गरेकाे आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । उनले १० पटक यात्रा गर्दा १ टिकट निःशुल्क प्रदान गर्ने जानकारी दिए । पहिलो उडानका यात्रुलाई चन्द्रागिरी हिल्सले केवलकार टिकटमा ५० प्रतिशत र अन्यलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको आईएमई समूहले जनाएको छ।

ओमानको मस्कटबाट संचालित सलामले भारतको गोवा, पाकिस्तानको कराँची, जेद्धा, वाकु, टिब्लिक, दोहा, दुवई, खार्तुमलगायत १४ क्षेत्रमा उडान भर्दै आएकोमा काठमाडौं १५ औं गन्तव्य भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS