IME Life New

महिला सहयात्रा लघुवित्तद्धारा पुनर्ताजगी तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मकवानपुर । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रदेश नम्बर ४, ५ र ६ मा रहेका शाखा कार्यालयको ३६ जना सहायक स्तरका कर्मचारीहरुको सहभागितामा माघ २७ देखि २८ गते सम्म “कर्मचारी पुनर्ताजगी तालिम” सम्पन्न गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धर गुरुङले भिडियो मार्फत सहभागि कर्मचारीहरुलाई संस्थाको उद्देश्य बमोजिम कार्य गर्न तथा सदस्यहरुको कर्जा बचतको साथ साथै सीप तथा उद्यमशिलता तालिम मार्फत आयस्रोत बृद्धिको लागी कर्मचारीहरु लागि पर्न सल्लाह सुझाब दिए ।

Esewa
Crest

तालिमका सहभागीहरुलाई स्वागत गर्दै तालिम सञ्चालनको उद्देश्य, लघुवित्त कार्यक्रमको बर्तमान अवस्था, सहायक कर्मचारीको काम कर्तब्य, साथै “स्वच्छ र ईमान्दार कर्मचारी हाम्रो अभियान” उद्देश्य सहित संस्थाको कम्पनी सचिब कमल कुमार काफ्लेले प्रकाश पारेका थिए ।

कार्यक्रममा लघुवित्त ब्यबस्थापन, बचत तथा कर्जाको प्रोडक्ट, कर्जा विश्लेषण, धितो कर्जा मुल्यांकन तथा आधारहरु र कर्जा सम्बन्धी कैफियतहरु सुधारको बारेमा बिभागिय प्रमुख निराजन श्रेष्ठले, शाखाको बिकास तथा राम्रो ब्यबस्थापन गर्न केन्द्र बैठक ब्यबस्थापन, संस्थागत संस्कार र कर्मचारी ब्यबहार सगं सम्बन्धित आबश्यक कुराहरु बिभागिय प्रमुख सुजीत खतिवडाले,त्यस्तै गरि कर्जा जोखिम ब्यबस्थापन तथा कर्जा असुली सम्बन्धी आवश्यक कुराहरु शकंर थापा र सुचना प्रबिधि, ट्याबलेट बैकिङ कर्जा सुचना केन्द्रबाट लिने साख सुचनासगँ सम्बन्धित आवश्यक जानकारीहरुको बारेमा सन्जीब मानन्धरले जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS