IME Life New

दोस्रो त्रैमासमा यूनियन लाईफको छलाङ, बीमा शुल्क आर्जन ११८ % ले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २ अर्ब ४१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

कम्पनीले अघिल्लो आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ११८ दशमलव ५३ प्रतिशतले वृद्धि गर्न सफल भएको हो ।

Esewa
Crest

कम्पनीकोे जीवन बीमा कोषमा ३ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष २५४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ९५ करोड ३३ लाख रुपैयाँ रहेको थियो ।

१ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५६ करोड रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा १४ करोड रुपैयाँ मात्र संचिती रहेको थियो ।

समिक्षा अवधिसम्म कम्पनीले २२ करोड ३८ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा कम्पनीको नाफा २६२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड १६ लाख रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो ।

यस अवधिसम्म कम्पनीको बीमालेख संख्या ६३ हजार २ सय ३० वटा बीमालेख जारी भएको छ । कम्पनीले पुस मसान्तसम्ममा ६४ वटा बीमा दाबी वापत कम्पनीले ४३ करोड २७ लाख रुपैयाँ दाबी गरेको छ ।

……………………………………………………………………………

अपडेटः
युनियन लाईफ इन्स्योरेन्स कम्पनीको खुद नाफा केही संशोधन हुने देखिएको छ । वित्तीय विवरण प्रकाशनको क्रममा २२ करोड ३८ लाख ९२ हजार २७१ रुपैयाँ खूद मुनाफा देखिएको युनियन लाईफको मुनाफा ऋणात्मक करका कारण प्रभावित भएको हो । सो कम्पनीको वित्तीय विवरण अनुसार चालु आवको छ महिनाको कूल आम्दानी १२ करोड २४ लाख ३७ हजार २३ रुपैयाँ हो भने खर्च चार करोड ५० लाख ५५ हजार ९७६ रुपैयाँ खर्च गरी कूल सात करोड ७३ लाख ८१ हजार ४७ रुपैयाँ खूद मुनाफा आर्जन गरेको छ । कम्पनीको १४ करोड ६५ लााख ११ हजार २२४ रुपैयाँ आयकर ऋणात्मक रहेकाले मुनाफा बृद्धि भएको सो बीमा कम्पनीले जनाएको छ । सञ्चालन मुनाफा भने सात करोड ७३ लाख ८१ हजार ४९ रुपैयाँ मात्रै भएको समेत कम्पनीले स्वीकार गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS