IME Life New

गुणस्तरीय प्लाइउड उत्पादनमा अर्थमन्त्री डा. खतिवडाको जोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गुणस्तरीय र प्रतिस्पर्धी प्लाइउड उत्पादन गर्न जोड दिनुपर्ने बताए । आज अर्थ मन्त्रालयमा नेपाल प्लाइउड उत्पादन संघका पदाधिकारीहरुसँगको भेटघाटमा अर्थमन्त्री डा. खतिवडाले प्लाइउडमा नेपाल आत्मनिर्भर भएकोमा खुशी व्यक्त गर्दै नेपाली बजारमा प्लाइउडको माग उच्च भएकोले उत्पादनको गुणस्तरियतामा ध्यान दिन आग्रह गरे ।

सो भेटमा अर्थमन्त्री डा. खतिवडाले काठजन्य वनस्पतिलाई नगदे बालीको रुपमा विकास गरी वैज्ञानिक वन व्यवस्थापनमा सरकारले गृहकार्य गरिरहेकोे बताए । अर्थमन्त्री डा. खतिवडाले स्वदेशी उद्योगलाई संरक्षण र सहयोग गरी मुलुकमा रोजगारी सृजना गर्ने, व्यापार घाटा कम गर्ने सरकारको नीति भएको उल्लेख गर्नुुहुँदै प्लाइउड उत्पादक संघले राखेका समस्याहरुका बारेमा छलफल गरी समाधान गरिने बताए ।

Esewa
Crest

प्लाइउड उद्योगसंग सम्बन्धित समस्याहरु माननीय अर्थमन्त्री समक्ष राख्दै नेपाल प्लाइउड उत्पादन संघका अध्यक्ष प्रदिप कुमार चौधरीले हाल नेपालमा प्लाइउड सम्बन्धी ६७ वटा उद्योगहरु चालु अवस्थामा रहेका, यसमा करिब ३० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको तथा प्लाइउडमा नेपाल आत्मनिर्भर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS