IME Life New

बलियो बन्दै प्राइम लाइफ, जीवन बीमा कोष १० अर्ब माथि ! हेरौ कम्पनी बिष्लेषण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  सुचिकृत जीवन बीमा कम्पनीमध्ये चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गर्ने प्राइम लाइफ इन्स्योरेन्स पहिलो जीवन बीमा कम्पनी भएको छ। कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ५९ करोड  कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २८ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो।  यसरी कुल बीमा शुल्क आर्जन रकम २४ प्रतिशतले वृद्धि गर्न सफल भएको छ। त्यस्तै खुद बीमा शुल्क आर्जन २९ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ५८ करोड पुगेको छ।

Esewa
Crest

जीवन बीमा कम्पनीको जीवन बीमा कोषको ठुलो महत्व रहेकोमा प्राइम लाइफको जीवन बीमा कोष ३२ प्रतिशतले वृद्धि हुँदै १० अर्ब १३ करोड पुगेको छ। जगेडा कोष पनि ७ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ४ करोड पुगेको छ।

कम्पनीले ३४ करोड १२ लाख कुल दावी भुक्तानी गरेको छ भने ३० करोड ३७ लाख खुद दावी भुक्तानी गरेको छ।  दोश्रो त्रैमासको वित्तिय विवरण अनुसार भुक्तानी हुन बाँकी रकम १ करोड ६० लाख   रहेको छ।

दोश्रो त्रैमास सम्म कम्पनीले १५ करोड ६० लाख खुद मुनाफा गरेकोमा खुद मुनाफा गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा ७२ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १५ रुपैया ५४ पैसा छ ।

नोट : जीवन बीमा कम्पनीहरुको  हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS