काठमाडौं । हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीले २५ करोड ४० लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा ३६ प्रतिशतले कम्पनीको नाफा बढी हो । गत वर्षमा कम्पनीले १८ करोड ५८ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी भने घटेर १ अर्ब ८ करोड १० लाख १९ हजार रुपैयाँमा झरेको छ । गत वर्ष यसैअवधिमा उत्पादन बिक्रीबाट कम्पनीले १ अर्ब १२ करोड २४ लाख ९६ हजार रुपैयाँ कमाएको थियो ।
वार्षिक प्रतिसेयर आम्दानी ८७ रुपैयाँ ८३ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ०७ पैसा रहेको छ ।