काठमाडौं । टोयोटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता देशैभरिका बिक्रेताहरुको डिलर्स मिट २०२० सम्पन्न गरेको छ । जापानिज मोटर कम्पनी टोयोटाले नेपालको लागि यूनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटिएस)लाई आधिकारिक बिक्रेता तोकेको छ ।
युटिएसको आधिकारिक डिलर्स मिट पर्यटकीय नगरी पोखरामा प्रबन्ध निर्देशक रीतु बैद्यको सहभागितामा सम्पन्न भएको हो ।
गत सोमबार पोखरास्थित होटल बाराहीमा देशैभरिका टोयोटा थ्रीएसका सञ्चालकहरु सहभागी भएको कम्पनीले जनाएको छ । नेपालमा वर्षौ देखि सवारी साधनको सेवा दिँदै आएको टोयोटा कम्पनीले डिलर्स मिटमा ग्राहकहरुलाई प्रदान गर्दै आएको टोयोटाका सवारीहरुको बिक्री र सेवाहरुको सुधार गर्दै अभैm व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउन भूमिका निर्वाह गरेको कम्पनीले जनाएको छ ।
नेपालमा सर्वाधिक रुपमा लोकप्रिय रहेको टोयोटाले विगत ५० वर्षभन्दा बढी समयदेखि विभिन्न मोडलका सवारीहरु बिक्री वितरण गर्दै आएको छ ।