IME Life New

गत वर्ष नेपाल लाईफले कहिले गरेको थियो लाभांश प्रस्ताव ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्य कम्पनीभन्दा जीवन बीमा कम्पनीहरुले लाभांश ढिलो प्रस्ताव गर्ने गर्छन् । एक्चुअरी मुल्यांकनको कारणले गर्दा जीवन बीमा कम्पनीहरुले ढिलो साधारणसभा गर्ने गर्दछन् ।

Esewa
Crest

आर्थिक बर्ष २०७५/७६ को मुनाफाबाट केही निर्जीवन बीमा कम्पनीहरुले लाभांश प्रस्ताव गरे पनि जीवन बीमा कम्पनीहरुले भने लाभांस प्रस्ताव गरेका छैनन्। जीवन बीमा कम्पनीमध्ये कै लिडर कम्पनी नेपाल लाईफ इन्स्योरेन्सको शेयरमा अहिले चहलपहल बढ्दै छ। केही दिन यता सर्वाधिक शेयर कारोवार हुने सूचीमा नेपाल लाईफ सबैभन्दा अगाडी देखिएको छ।

नेपाल लाईफ इन्योरेन्सले अहिलेसम्म पनि आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट लाभांश प्रस्ताव नगरेको अवस्थामा चहपहल बढ्नु स्वभाविक रहेको जानकारहरु बताँछन् ।

नेपाल लाइफले गत बर्ष कुन बेला लाभांश प्रस्ताव गरेको थियो ?

कम्पनीको गत वर्ष फाल्गुन १७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट लाभासं प्रस्ताव गरेको थियो। कम्पनीको २८२ औ संचालक समितिको बैठकले २५ प्रतिशत बोनस शेयर र २३ दशमलव ५ प्रतिशत नगद लाभांस सहित ४८ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो।

त्यस्तै, कम्पनीले २०७६ साल जेठ ४ गते आफ्नो वार्षिक साधारणसभा गरेको थियो। सो वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले वैशाख १९ गते देखि बुक क्लोज गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS