IME Life New

नेपाल लाइफको शेयर मूल्य ११०० कट्दा, कसले गरिरहेछ आक्रामक खरिद ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केही दिन यता जीवन बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढ्दो छ। माघ ८ गते सम्पूर्ण उपसुचकमा गिरावट आउँदा जीवन बीमा उपसुचकमा मात्र वृद्धि देखिएको थियो त्यस्तै आज माघ ९ गते जीवन बीमा र अन्य उपसूचकमा मात्र वृद्धि देखिएको छ ।

जीवन बीमा कम्पनीमध्ये पनि लिडर नेपाल लाइफ इन्स्योरेन्समा लगानीकर्ताको आकर्षण बढ्दो छ। आज नेपाल लाईफको शेयर मूल्य प्रति कित्ता ३० रुपैयाले वृद्धि हुँदै ११०० मा बजार मूल्य बन्द भएको छ।  आज कम्पनीको सर्वाधिक १८ करोड ४० लाख बराबरको शेयर खरिद बिक्री भएको छ।

Esewa
Crest

आज माघ ९ गतेको नेपाल लाइफको फ्लोरसिट हेर्दा  ब्रोकर नम्बर ५८ बाट सर्वाधिक ८ करोड ४ लाख बराबरको शेयर खरिद बिक्री भएको छ भने ब्रोकर नम्बर ४ बाट सर्वाधिक १ करोड ८८ लाख बराबरको शेयर बिक्री भएको छ।

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३४ बाट १ करोड १८ लाख बराबरको शेयर खरिद भएको छ भने ब्रोकर नम्बर ४२ बाट १ करोड ५० लाख बराबरको शेयर बिक्री भएको छ।

यसरी हेर्दा ब्रोकर नम्बर ५८ बाट नेपाल लाईफको आक्रामक रुपमा शेयर खरिद भएको देखिन्छ।

श्रोत : मेरो लगानी /डाटा एनालाईटिक्स

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS