IME Life New

प्रभु बैंकलाई बीमा व्यवसायको अनुमति दिएका छैनौंः बीमा समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रदेश नं २ सरकारसँग सम्झौता गरी छोरी शिक्षा बीमा अभियान सञ्चालन गर्दै आएको प्रभु बैंकको बीमा अभियान अबैध ठहर भएको छ । बीमा सम्बन्धी नियामक निकाय बीमा समितिले प्रभु बैंकलाई बीमा कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको प्रष्ट पार्दै बैंकले बीमा गर्न नपाउने जनाएको छ ।

समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले प्रभु बैंकले कुनै बीमा कम्पनीसँग सहकार्य नगरी बीमा कार्यक्रम सञ्चालन गर्नु बीमा ऐनको उल्लंघन भएको बताए । बीमाको नाममा झुक्याएर मुद्दति खाता खोली अभियानको नाममा शुल्क उठाइएको भएपनि प्रभु बैंकमाथि कारवाही भएको छैन । अध्यक्ष चापागाईले इन्स्योरेन्स खवरसँग भने, ‘सञ्चार माध्यममा आए अनुसार छोरी शिक्षा बीमा कार्यक्रम लेखिएको छ, स्कीम चलाइएको भनिएको छ, समितिले स्वीकृति दिएको छैन, बैंकले सिधैं बीमा गर्न पाउदैन ।’ अध्यक्ष चापागाईले बैंकमाथि नियमन गर्ने काम नेपाल राष्ट्र बैंकको भएको बताउँदै स्वीकृति नलिई बीमा अभियान सञ्चालन गर्ने बैंकमाथि राष्ट्र बैंकले अनुसन्धान हुनुपर्ने बताए ।

Esewa
Crest

गत माघ २ गतेदेखि अभियानको रुपमा सुरु गरिएको छोरी बीमा कार्यक्रम कुनै पनि बीमा कम्पनीसँग सहकार्य नै नगरी प्रभु बैंकले अबैध रुपमा सञ्चालन गरेको इन्स्योरेन्स खवरले समाचार प्रकाशित गरेको थियो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा समेत बैंक तथा वित्तीय सेवा बाहेकका सेवा प्रवाह गर्नुपरेमा सम्बन्धित निकायको अनुमति लिई गर्न पाइने भन्ने व्यवस्था उल्लेख भएपनि प्रभु बैंकले नियामक निकाय बीमा समितिसँग अनुमति नलिई बीमाको नाममा मुद्दति खाता खोली झुक्याएर व्यवसाय सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS