IME Life New

धादिङमा ट्रक दुर्घटना, छ जनाको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धादिङमा भएको मिनी ट्रक दुर्घटनामा आधा दर्जनको मृत्यु भएको छ । धादिङ निलकण्ठ नगरपालिका–८ मैदीभन्ज्याङमा ग१ख १२८० नम्बरको मिनी ट्रक दुर्घटना हुँदा कम्तीमा छ जनाको मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् । घटनामा मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । केहीबेर अघि भएको दुर्घटनमा हाल उद्धार कार्य भइरहेको छ । घटनामा करिब २५ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागि काठमाडौं पठाइएको छ ।

धादिङको ज्वालामुखी गाउँपालिकामा रहेको मण्डलीमा पुगेर फर्कदै गरेका निलकण्ठ–२, भुलभुलेका स्थानीयबासी चढेको ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा एउटै गाउँका मानिसहरु परेका छन् । मिनी ट्रक दुर्घटनामा परेकोले यात्रु बीमा गरिएको हुँदैन भने तेस्रो बीमा नविकरण छ वा छैन खुलेको छैन ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS