IME Life New

प्रभु बैंकद्वारा अबैध रुपमा बीमा व्यवसाय सञ्चालन, पाँच करोडभन्दा बढि प्रिमियम संकलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न मात्रै अनुमति पाएको प्रभु बैैंकले अबैध रुपमा बीमा व्यवसाय सञ्चालन गरेको पाइएको छ । प्रदेश नं २ मुख्यमन्त्री कार्यालयले सञ्चालन गरेको ‘छोरी शिक्षा बीमा कार्यक्रम’ अभियानसँग क्षेत्राधिकार भन्दा बाहिर गएर सम्झौता गरी बीमा बापतको रकम संकलन गरेको हो । बीमा ऐन २०४९ को विपरित हुने गरी प्रभु बैंकले नेपाल सरकारसँग सम्झौता नै गरेर बीमा व्यवसाय सञ्चालन गरेको हो ।

इन्स्योरेन्स खवरलाई प्राप्त तथ्याङ्क अनुसार झण्डै चार हजार बालिकाको नाममा पाँच करोडभन्दा बढि रकम संकलन गरिसकेको छ । प्रदेश नं २ मुख्यमन्त्री कार्यालयले अभियानको रुपमा २०७५ माघ १ गते पछि जन्मेका छोरीहरुको एकल बीमा शुल्क भुक्तानी गरी २० वर्ष पूरा भएपछि भुक्तानी हुने गरी ‘बेटी पढाउ, बेटी बचाऊ’ अन्तर्गत बीमा कार्यक्रम सञ्चलान गरिरहेको छ ।

Esewa
Crest

प्रभु बैंकले बीमा ऐन विरुद्ध हुने गरी प्रदेश नं २ मुख्यमन्त्री कार्यालयसँग छोरी शिक्षा बीमा अभियानमा सहभागी हुन सम्झौता गरी बीमा कार्यक्रममा सहभागाी भएको हो ।

नेपाल राष्ट्र बैंकले चालु आ.वका लागि जारी मौद्रिक नीतिमा बैंकलाई इन्स्योरेन्स गर्न नपाउने स्पष्ट व्यवस्था गरेको छ । तर, प्रभु बैंकले भने बीमा र मुद्दती निक्षेप एकै भएको भन्दै ‘छोरी शिक्षा बीमा’ कार्यक्रममा ब्यानरसहित सहभागी भइरहेको छ । सो सम्बन्धमा प्रभु बैंकका सिईओसँग सम्पर्क गर्दा कुनै जवाफ दिन मानेनन् । उता, राष्ट्र बैंकको वित्तीय क्षेत्र अनुगमन विभागले भने सो सम्बन्धमा अनुसन्धान गरिने जनाएको छ । एक अधिकारले भने, ‘बैंकले बीमा गर्न पाउदैन, अनुसन्धान गर्छौ ।’

प्रभु बैंकले जीवन बीमाको शैलीलाई मुद्दति निक्षेप भन्दै बीमाकै नाममा रकम संकलन गरेपछि जीवन बीमक संघले भने आपत्ति जनाएको छ । संघका अध्यक्ष शिवनाथ पाण्डेले प्रतिक्रिया दिँदै भने, ‘बीमा समितिले जारी गरेको निर्देशन बमोजिम भन्दा बाहेक बैंकले बीमा व्यवसाय सञ्चालन गर्न पाइदैन ।’

मुख्यमन्त्री कार्यालयले छोरी शिक्षा बीमा भन्ने शब्द स्पष्ट रुपमा प्रयोग गरिरहे पनि प्रभु बैंकका जनकपुर शाखाले भने मुद्दति निक्षेप भएको दावी गरेको छ । जनकपुर शाखाका प्रबन्धक अशोक कुमार शाहले इन्स्योरेन्स खवरसँग भने, ‘मुख्यमन्त्री कार्यालयसँग सम्झौता भए अनुसारको काम गरेका हौं, मुद्दति निक्षेप र बीमा एकै हो ।’ त्यस्तै, प्रभु बैंकको रौतहट शाखाका प्रबन्धक सन्तोष दुलालले छोरी बीमा कार्यक्रम अभियानकै रुपमा सञ्चालन भइरहेको र हालसम्म चार सयभन्दा बढिले खाता खोलिसकेको बताए । त्यस्तै प्रभु बैंककै महोत्तरी शाखाका प्रमुख कुन्दन कौषिकले पनि बैंकले छोरी बीमा अभियानमा प्रत्यक्ष सहभागी भएको बताएका छन् ।

छोरी बीमा अभियान अन्तर्गत जन्मदर्ताको आधारमा बैंकले खाता खोली एक हजार रुपैयाँ समेत खातामा राखिदिनेछ भने मुख्यमन्त्री कार्यालयले १३ हजार ५०० रुपैयाँ प्रिमियम बापतको रकम बैंकलाई बुझाउनेछ । बैंकले उक्त बालिकाको २० वर्ष उमेर पूरा भएपछि र १२ कक्षासम्मको पढाई पूरा भएपछि एक लाख भुक्तानी दिने सम्झौता गरेको छ ।

हालसम्म करिव चार हजारभन्दा बढिको खाता खोलिसकेको बैंकले जारी अभियानबाट थप पाँच करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्ने एक अधिकारीले बताएका छन् ।

पछिल्लो समय बीमाको नाम भजाउँदै व्यवसाय गर्नेहरुको संख्या बढ्दो छ । यसअघि कर्मचारी सञ्चय कोष आफैले बीमा व्यवसाय सञ्चालन गर्ने घोषणा गरेको थियो भने सामाजिक सुरक्षा कोषले पनि आफैले बीमा व्यवसाय सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS