IME Life New

राष्ट्रिय बीमा संस्थानबाट अभिकर्ता बनेकी अम्बिका यूनियन लाइफमा जम्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अम्बिका गौतम, सिनियर एजेन्सी म्यानेजर, युनियन लाइफ इन्स्योरेन्स

नेपाली समाजमा पुरुषको तुलनामा महिलालाई थोरै मात्रै स्थान दिइन्छ, चाहे ठुला ठुला निर्णय प्रक्रिया होस् चाहे साना नै किन नहोस् । नेपाली समाजमा महिलाहरु घरधन्दा मै रहनुपर्छ भन्ने मान्यतामा आजभोलि केही फरकपन आए पनि अम्बिका गौतमको समयमा भने यस्तो अवस्था थिएन ।

श्रीमान सरकारी जागिरे । के नै कमि थियो र ? तर, उनको सोच जहिले त्यहि हुन्थ्यो, म अरु भन्दा केही भिन्नै हुन्छु, म श्रीमानको कमाईमा मात्रै निर्भर नभई आत्मनिर्भर हुन्छु । महिला भएर पनि समाजमा केही गरेर देखाउन सकुँ । यस्तै यस्तै सोचहरु अम्बिकाका मनमा घुमिरहन्थे । प्रायः मानिसहरुको सपना हुन्छ भविष्यमा राम्रो जागिर होस् । त्यहि जागिरले जीन्दगी चलोस् । तर, गौतमको मनमा भने कहिले यस्तो आएन । उनी त आफ्नै पहिचानसहितको नारी बन्न चाहिन्थन । त्यसको लागि के गर्ने ? धेरै विकल्पहरु उनका अगाडि आए । व्यवसाय गर्ने वा जागिर खाने कि के गर्ने ? घर परिवारलाई पनि समय दिनुपर्ने बाध्यता ।

Esewa
Crest

सरकारी जागिरे श्रीमानको पछि लाग्दै अम्बिका संखुवासभादेखि २०५८ सालमा काठमाडौँ आईन् । केही समय काठमाडौँको बसाई पछि उनको श्रीमानको फेरि काठमाडौँ बाहिर सरुवा भयो । फेरि उनी आफ्ना जागिरे श्रीमानको पछि लाग्दै दगुरिन् । त्यति बेला त गौतम परिवार दुईबाट तीन भइसकेका थिए । अम्बिकाले श्रीमानसँग सल्लाहा गरिन् म काठमाडौँ नै बस्छु । म आफै पनि केही गर्छु, सन्तानलाई पढाउँछु । एक आपसको सल्लाहामा अम्बिका फेरि काठमाडौँ आईन् ।

केही गर्छु भन्ने हिम्मत मनमा जगाएर काठमाडौँ आएकी अम्बिका केही समय त रनभुलमा नै परिन् । गर्न त गर्ने तर के ? अनि उनले पत्ता लगाईन् बीमा अभिकर्ता भएर काम गर्न सक्ने हैसियत र क्षमता ममा पनि छ ।

अम्बिका गौतम चावहिलमा रहेको बीमा कम्पनीहरुको नियामक निकाय बीमा समिति पुगिन् । बीमा अभिकर्ता पेशाका लागि चाँहिने आवश्यक कागजात बुझाएर बीमा अभिकर्ताको लाईसेन्स लिईन् । अभिकर्ता तालिमका लागि दरखास्त दिएको १ महिनापछि अम्बिकाको पालो आएको थियो तालिमको । समितिले दिएको ७ दिने बीमा अभिकर्ताको तालिमले उनमा अभिकर्ता पेशा त मेरो लागि राम्रो पेशा रहेछ भन्ने लागि सकेको थियो ।

अम्बिकाले अभिकर्ता पेशाको शुरुवात राष्ट्रिय बीमा संस्थानबाट गरिन् । २०७५ सालदेखि युनियन लाइफमा आबद्ध भई बीमा अभियानमा सहभागी छिन् । राष्ट्रिय बीमा संस्थानमा बीमा अभिकर्ता भएपछि उनले शुरुको बीमा आफ्नै गरिन् । नयाँ कामको शुरुवात आफैबाट गरौँ भन्ने लागेर उनले शुरुको बीमा आफ्नै गरेको बताईन् ।

अम्बिका भन्छिन्, “परिवारमा जो कमाउने व्यक्ति छ, उसलाई केही भयो भने त्यो परिवारको जिविका कसरी चल्छ त ? घरको कमाउने सदस्य भएन भने परिवार त सडकमा पुग्छ । त्यहाँ सम्मको अवश्था नआओस् भन्नका लागि अपनाईने एक भरपद्रो माध्यम जीवन बीमा हो । यदि कमाएको थोरै रकम बचाएर बीमा गर्ने हो भने भोलि भविष्यमा आई पर्न सक्ने आर्थिक जोखिमलाई सामना गर्नका सहज हुन्छ ।”

बीमा कम्पनी र बीमितको बीचमा मध्यस्थकर्ताको रुपमा काम गर्ने व्यक्ति बीमा अभिकर्ता हो । सरल, मिजासिलो, लगनशिल, निरन्तता, धैर्यता जस्ता गुणहरु एउटा बीमा अभिकर्तामा हनुपर्ने अम्बिका बताउँछिन् । साथै, जो सुकै बीमा अभिकर्ता आफु आवद्ध भएको कम्पनीमा रहेका बीमा पोलिसी, कम्पनीको प्रोफाइलका बारेमा जानकार हुनु पर्नेमा उनको जोड छ ।

गौतम बीमा अभिकर्ताका साथसाथै समाजसेवा र राजनीतिमा पनि उत्तिकै व्यस्त रहन्छिन् । अभिकर्ता पेशामा आवद्ध भएपछि आफुमा ठूलोे परिवर्तन आएको गौतमले बताईन् । सबै तह र तप्काका मानिहरुसँग घुलमिल हुन सक्ने पहुँच यहि अभिकर्ता पेशाले दियो उनलाई । त्यति मात्रै हैन् धेरै मान्छेहरुका अगाडि निर्धक्क आफ्ना भनाईहरु राख्न सक्ने साहस पनि यहि अभिकर्ता पेशाले दियो गौतमलाई । आर्थिक रुपमा सशक्त पनि यहि पेशाले बनाई दियो ।

घर मै केही गर्न सकिएन भनेर घर धन्दा मै अल्झिएर बसेकाहरुलाई यो पेशामा लागेर केही गर्न सकिन्छ भन्ने प्रेरणाको पात्रका रुपमा चिनिन् सफल भईन् गौतम । म केही गर्छु भन्नेलाई, एसएलसी उत्तिर्णलाई, परिवारलाई पनि समय दिन सकियोस् साथै केही काम गर्न पनि सकियोस् भनेर बसेकाहरुलाई बीमा अभिकर्ता पेशामा लाग्न गौतमको सल्लाहा छ । गौतम भन्छिन्, “यो पेशा भनेको टिममा गरिने काम हो, टिममा रहेर काम गर्दा सफल हुन सकिन्छ । तपाईहरु पनि यो पेशामा आउनुहोस्, आर्थिक रुपमा सबल हुनुहोस् ।”

काममा धर्य रहेर जो निरन्तर रुपमा लागि पर्छ त्यो अभिकर्ता सफल हुन सक्छ भन्ने उदाहरण दिँदै अम्बिकाले भनिन्, “अभिकर्ता पेशामा अनिश्चित कमाई छ । कमाईमा सिमा छैन् । अथवा आफुलाई कति आवश्यक छ, कति कमाउन मन छ त्यति कमाउन सक्ने पेशा बीमा अभिकर्ता हो ।”

अभिकर्ता पेशा प्रति सन्तुष्ट रहेकी अम्बिकाले अभिकर्ता पेशामा भविष्य रहेको दावी गरिन् । आत्मविश्वास, धर्यता र निरन्तर रुपमा लागि पर्ने जो कोही पनि यस पेशामा सफल हुन सक्ने कुरामा उनको जोड छ । अम्बिका गौतम यूनियन लाइफ इन्स्योरेन्स कम्पनीमा प्रवेश गरेको लामो समय भएको छैन् । गौतम यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका सिनियर एजेन्सी म्यानेजरका रुपमा कार्यरत छिन् । यूनियन लाइफ इन्स्योरेन्समा लागेको छोटो समयमा नै सफल अभिकर्ताको रुपमा रहन सफल छिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS