IME Life New

एलआईसी नेपालको ‘जीवन बचत’ योजना सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआईसी नेपालले जोखिम र बचत दुवैलाई समेटेर नयाँ जीवन बीमा योजना आज सार्वजनिक गरेको छ । “जीवन बीमासहित खुसीको बचत, जीवन बचत” भन्ने नाराकासाथ एलआईसी नेपालले ‘जीवन बचत’ नामक एकल बीमाशुल्क भएको जीवन बीमा योजना बजारमा ल्याएको हो । ‘जीवन बचत’ योजना कम्पनीको २४ औ बीमा योजना हो ।

Esewa
Crest

मंगलबार काठमाडौंमा आयोजित एक समारोहबीच बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले ‘जीवन बचत’ योजनाको औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

१६ देखी ६५ बर्षसम्म उमेरका व्यक्तिहरुले उक्त जीवन बीमा योजना सहभागी हुनसक्ने कम्पनीले जनाएको छ । न्यूनतम् बीमाङ्क रकम एक लाख रुपैयाँ कायम गरिएको सो नयाँ बीमा योजनामा अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिने कम्पनीले जनाएको छ ।

नयाँ बीमा योजनाको योजनामा अवधि न्युनतम ५ बर्ष र अधिकतम २५ बर्ष तोकिएको छ । बीमा परिपक्वतामा आर्जित बोनससहित बीमाङ्क रकम एकमुष्ठ प्रदान गरिने उक्त नयाँ बीमा योजनामा बीमा परिपक्वतापछि बीमितले इच्छा अनुसार ५ देखि १० वर्षभित्र सो रकम तोकिएको व्याजसहित किस्ताबन्दीमा समेत लिन सक्ने विशेषता पनि समावेश गरिएको छ ।

न्यून बीमाशुल्क भएको ‘जीवन बचत’ बीमा योजनामा अधिकतम ७५ लाखसम्मको दुर्घटना बीमाको लाभ लिन सकिने र बीमाशुल्क भुक्तानीको एक वर्ष पश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन पाउने सुविधा समावेश गरिएको नयाँ बीमा योजना नेपाली बीमित माँझ लोकप्रिय हुने विश्वास लिइएको कम्पनीका सिईओ एलपी दासले बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दासले बीमा योजनामार्फत विविध क्षेत्रका पेशाकर्मी तथा व्यवसायीले एकल बीमाशुल्क भुक्तानी गरी जीवन बीमा सेवा प्राप्त गर्ने र नयाँ ‘जीवन बचत’ योजनाले बीमितले धेरै लाभ लिन सक्ने बताए । नयाँ बीमा योजनाको उद्घाटन कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत टी. बर्णवालले नयाँ बीमा योजनाको आवश्यकता र प्रभावकारिताको बारेमा प्रष्ट पारेको कम्पनीका सचिव विनोद कुमार भुजेलद्वारा प्रेस बिज्ञप्तिमा जनाइएको छ ।

https://www.youtube.com/watch?v=RRLAdVJZrkg

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS