काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढ्ने क्रम जारी छ । आज आइतबार पनि भाउ बढेको छ । आज आइतबार छापावाला सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर ७५ हजार ५०० रुपैयाँ पुगेको छ ।
यो सुनको मुल्य व्यवसायीहरुका अनुसार अहिलेसम्मकै उच्च मूल्य हो । गत शुक्रबार पनि छापावाला सुनको भाउ १ हजार रुपैयाँले वृद्धि भएर तोलाको ७४ हजार ५०० रुपैयाँ पुगेको थियो । यस्तै, तेजावी सुनको भाउ पनि १ हजार रुपैयाँले नै बढेर ७५ हजार २०० रुपैयाँ पुगेको छ ।
शुक्रबार तेजावी सुनको भाउ ७४ हजार २०० सय रुपैयाँ रहेको थियो । आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदीको मूल्य १० रुपैयाँले बढेर ९०० रुपैयाँ पुगेको थियो ।