IME Life New

बोनश शेयरपछि सात कम्पनीको शेयर मुल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्सेमा ७ कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ । आज पुस १४ गते नेपाल स्टक एक्सचेञ्जमा दुई वाणिज्य बैंक सहित ७ कम्पनीको गत आवको मुनाफाबाट प्रस्तावित बोनस शेयरमा शेयरमुल्य समायोजन भएको हो ।

यी ७ कम्पनीहरुले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमुल्य समायोजन गरी नयाँ शेयरमुल्य निर्धारण गरेको हो ।

Esewa
Crest

नेप्सेले नेपाल इन्भेष्टमेन्ट बैंकको १०.५ प्रतिशत बोनस शेयरपछिको शेयरमुल्य समायोजन गरी प्रतिकित्ता ३९१ रुपैयाँ ८६ पैसा कायम गरेको छ।

नेप्सेले प्राइम कमर्सियल बैंकको १६ प्रतिशत बोनस शेयरपछिको शेयरमुल्य समायोजन गरी प्रतिकित्ता २४० रुपैयाँ ५२ पैसा कायम गरेको छ।

सपोर्ट माइक्रोफाइनान्सको १० प्रतिशत बोनस शेयरपछिको शेयरमुल्य समायोजन गरी प्रतिकित्ता ५४७ रुपैयाँ २७ पैसा कायम गरेको छ।

त्यसैगरी, नेप्सेले साना किसान लघुवित्त वित्तीय संस्थाको २७।२५ प्रतिशत बोनस शेयरपछिको शेयरमुल्य समायोजन गरी प्रतिकित्ता ७८४ रुपैयाँ २८ पैसा कायम गरेको छ ।

महुली लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस शेयरपछिको शेयरमुल्य समायोजन गरी प्रतिकित्ता ७५० रुपैयाँ ८३ पैसा कायम गरेको छ ।

नेप्सेले जानकी फाइनान्सको २२ प्रतिशत बोनसपछिको शेयरमुल्य समायोजन गरी प्रतिकित्ता १६३ रुपैयाँ ११ पैसा कायम गरेको छ ।

नेप्सेले युनाइटेड फाइनान्सको ३ प्रतिशत बोनश शेयरपछिको शेयरमुल्य समायोजन गरी प्रतिकित्ता १७१ रुपैयाँ ८४ पैसा कायम गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS