काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनश शेयरपछिको मुल्य समायोजन भएको छ । स्पर्स लघुवित्त वित्तीय संस्था र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको हो ।
नेपाल स्टक एक्सचेञ्जमा यी दुबै कम्पनीको पुस १० गते बिहीबार गत आ.वको मुनाफाबाट प्रस्तावित शेयरपछिको मुल्य समायोजन भएको हो ।
नेप्सेले स्पर्स लघुवित्तको १३ प्रतिशत बोनश शेयरपछिको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५४९ रुपैयाँ ५६ पैसा कायम गरेको हो ।
त्यस्तै, नेप्सेले अरुण भ्याली हाइड्रोपावरको ७ प्रतिशत बोनश शेयरपछिको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ९१ रुपैयाँ ५९ पैसा कायम गरेको हो ।