काठमाडौं । आज विहानैदेखि बिग्रेको मौषम नखुल्दा काठमाडौंस्थित अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको गर्नुपर्ने पाँच वटा जहाज आकाशमै अल्झिएका छन् ।
बाक्लो हुस्सुको कारण भिजिबिलिटी नहुँदा नेपाल एयरलाईन्सको जहाज २ वटा, इण्डिगो, एयर इण्डिया, कतार एयरका जहाजहरु बारामाथिको आकाशमा फन्को मार्न बाध्य भएका छन् । दिल्लीबाट आएको एयर इण्डिया र दोहा र दुबईबाट आएको नेपाल एयरलाइन्सका दुई जहाज तथा कतारबाट आएको कतार एयरको जहाजले अवतरण गर्न नसकेका हुन् । मौषममा सुधार हुँदै गएकाले आकाशमा केही फन्को मारेपछि अवतरण गर्ने काठमाडौंस्थित विमानस्थलको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विहान विमानस्थल अबरुद्ध भएकोले अहिले चाप परेको हो ।