काठमाडौं । साताको तोस्रो दिन नेप्से २ दशमलव ३७ अंकले बढेर १,१६६ दशमलव २१ को विन्दुमा कायम भएको छ।
बैंकिङ, ट्रेडिङ, फाइनान्स, अन्य र म्युचअल फन्ड बाहेक सबै क्षेत्रको उपसूचक घटेकोे छ । दिनभरिमा १ सय ७१ कम्पनीको २ लाख २९ हजार ८ सय १५ कित्ता शेयर किनबेच हुँदा ७२ करोड १६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
सबैभन्दा धेरै शिवम सिमेन्ट्को १० करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै स्पोर्ट माईक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै आँखु खोला जलविधुत् कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।