IME Life New

१५ हाइड्रोपावरको बजार मुल्य नेटवर्थभन्दा धेरै कम, सूचिसहित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल संचालनमा रहेका ३२ वटा हाइड्रोपावर कम्पनीमध्ये १५ वटा हाईड्रोपावरको बजार मूल्य र किताबी मूल्यलाई दाँजेर हेर्दाे ती कम्पनीको किताबी मुल्यभन्दा बजार मुल्य कम रहेको छ । भविष्यमा कम्पनीले गर्ने ग्रोथलाई हेरेर लगानीकर्ताले किताबी मूल्य भन्दा पनि धेरै मूल्यमा दोश्रो बजारमा शेयर खरिद गर्ने पाइन्छ ।

तर, हाईड्रोपावर कम्पनीमा लगानीकर्ताले भविष्यमा त्यति ठुलो ग्रोथ नदेखेकाले किताबी मूल्य भन्दा पनि कम मुल्यमा दोश्रो बजारमा शेयर खरिद बिक्री गरेको पाईन्छ ।

Esewa
Crest

पछिल्लो समय हाइड्रोपावर कम्पनीहरुको लगानी जोखिममा रहेको छ । आम जनमानसले हाइड्रोपावर क्षेत्रको लगानीलाई फलदायी र बढी सुरक्षित मान्ने गरेका थिए । तर, पछिल्लो समय हाइड्रोपावरको लागानी जोखिममा परको छ ।

हाइड्रोपावर कम्पनीहरुले आईपीओ निष्काशन गर्दा स्थानीयले पूर्ण आवेदन नदिने अवस्था आइसकेको छ । सर्वसाधारण जनताहरुले हाइड्रोपावर कम्पनीको आईपीमा लगानी गर्न छोडेका छन् । यसका मुख्य कारण भनेको दोस्रो बजारमा हाइड्रोपवार कम्पनीको मुल्य घट्दै जानु हो ।

किताबी मुल्यभन्दा बजारमुल्य कम भएका कम्पनीमध्ये सबैभन्दा थोरै बजार मुल्य रिडी हाइड्रेपावर कम्पनीको रहेको छ । जसको किताबी मुल्य १ सय ७ रुपैयाँ ५० पैसा रहेको छ भने बजार मुल्य ७३ रुपैयाँ मात्र रहेको छ ।

त्यस्तै, किताबी मुल्य भन्दा शेयर मुल्य कम भएका कम्पनीहरुमा युनियन हाईड्रोपावर, युनिभर्सल पावर कम्पनी, छ्याङदी हाईड्रोपावर, नेशनल हाईड्रोपावर, कालिका हाईड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, अरुण भ्याली हाईड्रोपावर, माउन्टेन हाईड्रोपावर, ङादी ग्रुप, रैराङ हाईड्रोपावर, सिनर्जी हाईड्रोपावर, अपी पावर कम्पनी, नेपाल हाइड्रो डेभलपर्स र यूनाइटेड मोदी हाईड्रोपावर कम्पनी हुन् ।

नोट : पुष ६ गतेको बजार मुल्यको आधारमा तयार पारिएको तथ्याङक

के हो प्रतिसेयर नेटवर्थ ?
कम्पनीको चुक्तापुँजी र सम्पूर्ण जगेडाहरुको जोड नै कम्पनीको नेटवर्थ हो । कुल नेटवर्थलाई कम्पनीको कुल सेयर संख्याले भाग गरेमा कम्पनीको प्रतिसेयर नेटवर्थ वा सेयरको किताबी मूल्य प्राप्त हुन्छ । कुल सम्पत्तिबाट कुल दायित्व घटाउँदा पनि नेटवर्थ निस्कन्छ । कम्पनी बन्द हुँदा शेयरधनीले पाउने रकम भनेको नै किताबी मुल्य हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS