काठमाडौं । शृंखलाबद्ध रुपमा भइरहेको सवारी दुर्घटना आज उदयपुरमा घटेको छ । उदयपुरगढी गाउँपालिका–३ जरुवामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको उदयपुर प्रहरीले जनाएकोछ ।
उदयपुरको ग्रामिण भेगबाट सदरमुकाम कटारीतर्फ जाँदै गरेको एसके ०१ पीबी ३०६८ नम्बरको भारतीय नम्वर प्लेटको जीप दुर्घटनाग्रस्त भएको हो । भारतीय नम्वरको गाडी दुर्घटनामा परेकोले नेपाली बीमा कम्पनीमा बीमा दावी पर्नेछैन ।
दुर्घटनामा उदयपुरगढी–३ घर भइ हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टिककनारायण श्रेष्ठ, उदयपुरगढी–३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठ र पथरी शनिश्चरेका ३५ वर्षीय टिकाराम श्रेष्ठको मृत्यु भएको जनाइएको छ । घटनामा भारतको सिक्किम बस्ने ४५ वर्षीय भुपाल राई लगायत ४ जना गम्भिर घाइते छन् ।