IME Life New

एक्चुरियल परिक्षामा नेपाली विद्यार्थी विश्वकै उत्कृष्ट बन्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तरािष्ट्रय बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी संस्था एक्चुरियल प्रोफेशन परिक्षामा विश्वभरको औषत भन्दा झण्डै दोब्बर प्रतिशतसहित उत्कृष्ट नतिजा त्रिभुवन विश्वविधालय विज्ञान तथा प्रविधि अध्यययन संस्थामा अध्ययनरत विधार्थीहरुले ल्याउन सफल भएका छन् ।

त्रिभुवन विश्वविधालय विज्ञान तथा प्रविधि अध्यययन संस्थाका कार्यक्रम संयोजक केशवराज फुलाराले अन्तराष्ट्रिय स्तरको तुलनामा नेपाली विद्यार्थीले झण्डै बढी प्रतिशत ल्याएर उत्तिर्ण गरेको जानकारी दिए । उनले भने, नेपालका विधाथीहरुले ‘उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा गर्व लागेको छ ।’

Esewa
Crest

एक्चुरियल सम्बन्धी बेलायती बोर्ड इन्स्टीच्यूट एण्ड फ्याकल्टी अफ एक्चुरिज (आईएफओए) अन्तर्गतको सिएम–१ को परिक्षा विश्वभरबाट ५२७ जनाले दिएकोमा १३५ जनाले उत्तीरर्ण गरी २५ दशमलव ६१ प्रतिशत उत्तीर्ण भएका छन् । तर, सोही परीक्षामा नेपालबाट सहभागी परिक्षार्थी ४६.१५ प्रतिशतले उत्तीर्ण भएका छन् ।

त्यस्तै इन्स्टीच्यूट एण्ड फ्याकल्टी अफ एक्चुरिज (आईएफओए) अन्तर्गतको सिएस१ को परीक्षामा विश्वभरबाट सहभागी ७३१ मध्ये कुल २२४ जना अर्थात ३० दशमलव ६४ मात्रै उत्तीर्ण भएका छन् । सो परिक्षामा नेपालबाट सहभागी विद्यार्थीमध्य ६६ मा ३० दशमलव उत्तीर्ण भएको संयोजक फुलाराले इन्स्योरेन्स खवरलाई बताए । नेपालबाट क्रमशः १३ जनामा ६ जना र ६ जनामा ४ जना उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS