IME Life New

जनकपुरमा बम आतंक, एनसेलको मेलास्थल वरपर बमको निशाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रदेश नं २ को राजधानी जनकपुरका दर्जनौं स्थानमा बम आतंक मच्चिएको छ । सोमबार आयोजना हुन लागेको एनसेलको महामेला कार्यक्रम स्थल वरपर बम आतंक मच्चिएको हो । आइतबार बम विस्फोटमा परी प्रहरी निरिक्षकसहित तीन जनाको मृत्यु भएको भोलिपल्ट आज जनकपुरका विभिन्न स्थानमा बम भेटिएपछि सर्वसधारण घरबाट बाहिर निस्कन नसकेको लग्मागाडा गुठी निवासी स्थानीय कलाम हुसेनसफीले जनकपुरबाट जानकारी दिए ।

सांस्कृतिक सम्पदाले भरिएको जनकपुरको बाह्रबिघा रङ्गभूमि मैदानलाई वरिपरि आधा दर्जन जति बिस्फोटक पदार्थ राखिएको प्रहरीले जनाएको छ । सोमबार करिब साढे ९ बजेको समयमा सो स्थानमा हरियो बोरामा बेरिएको अवस्थामा बम राखिएको छ । स्थानीय सरस्वती उच्च माध्यमिक विद्यालय छेउमा वेवारिसे बोरा फेला परेको प्रहरीले जनाएको छ ।

Esewa
Crest

जनकपुरको दुई सय मिटर दुरीमा दुई वटा बम भेटिएको जनाइएको छ । निजि क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आयोजना गर्न लागेको मेलालाई लक्षित गर्दै बिप्लव समुहले बम राखेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । आइतबार भएको विस्फोटमा परी तीन जनाको मृत्यु पश्चात प्रहरीले सो पार्टीका नेता कार्यकर्ता भएको आशंकामा पाँच जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS