IME Life New

३८ जना यात्रुसहितको चिलिको जहाज अन्टार्टिकामा बेपत्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सीहरु । चिलिको एक सैनिक जहाज अन्टार्टिकामा बेपत्ता भएको छ । आकाशमा उडिरहेको बेला सम्पर्क बिच्छेद भएको र खोजी कार्य तीव्र वनाइएको चिलि सेनाले जनाएको छ ।

Esewa
Crest

चिलि सैनिकको उक्त जहाजमा ३८ जना यात्रु थिए । चिली सेनाले प्रयोग गर्दै आएको शक्तिशाली सि–१३०–९९० मोडलको हर्कुलस जहाज मंगलबार साँझ स्थानीय समय अनुसार १८ः१३ बजेदेखि सम्पर्क विच्छेद भएको चिली सेनाले जनाएको छ ।
अन्टार्टिकास्थित किङजोसे आईसल्याण्डस्थित पुन्ता एरिनाज विमानस्थलबाट उडेको केहीबेरपछि जहाज सम्पर्क बिच्छेद भएको थियो । त्यहाँ रहेको चिलीको सेनालाई खाद्यान्न तथा अत्यावश्यकीय सामग्री पुर्याएर फर्कने क्रममा जहाज बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ ।

जहाजमा १७ चालक दलका सदस्य तथा २१ जना यात्रु रहेको जनाइएको छ । यात्रुको परिचय खुल्न बाँकी छ । जहाज कुनै प्राविधिक समस्यावश समुन्द्रमा खसेको अनुमान गरिएको छ । सैनिक जहाज भएकोले बीमा दावी पर्नेछैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS