IME Life New

लाभांश पाउन कुन विकास बैंकको शेयर किन्ने ? लाभांश नपाइने विकास बैंकहरु कुन कुन हुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले धमाधाम लाभांश प्रस्ताव गरेकोमा यो पटक विकास बैंकहरु चाहीँ लाभांश प्रस्ताव गर्नेमा एकदमै पछि परेका छन्। आर्थिक वर्ष ७५/७६ को लाभांश प्रस्ताव गर्ने विकास बैंकहरुको संख्या ६ मात्र पुगेको छ।

आर्थिक वर्ष ७५/७६ को लाभांश प्रस्ताव गर्नेमा गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, कैलाश विकास बैंक, सहयोगी विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंक रहेका छन्।

Esewa
Crest

गरिमा विकास बैंकले १६ दशमलव १५ प्रतिशत बोनस शेयर र ० दशमलव ८५ नगद लाभांश दिने प्रस्ताव गरेको थियो भने महालक्ष्मी विकास बैंकले ८ प्रतिशत बोनस शेयर र ९ दशमलव ८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो। दुवै बैंकले वार्षिक साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरिकेको अवस्था छ।

दोश्रो बजारमा अब यी कम्पनीका शेयर खरिद गर्नेले आर्थिक वर्ष ७५/७६ को लाभांश प्राप्त गर्ने छैन्न।  महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष ७५/७६ को साधारण सभा यही   कार्तिक  २९ गते सम्पन्न गरेको थियो भने गरिमा विकास बैंकले मंसिर २७ गते वार्षिक साधारण सभा गर्दै छ।

कैलाश विकास बैंकले १६ प्रतिशत बोनस शेयर र २ दशमलव ७७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्राईम कमर्सियल बैंक संग गाभिन लागेको कम्पनीको शेयर कारोवार रोकिएको छ।

त्यत्सै सिटिजन्स बैंकले प्राप्ति गर्ने प्रक्रियामा रहेको सहयोगी विकास बैंकले १९ दशमलव ३ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ।  कम्पनीको पनि दोश्रो बजारमा कारोवार रोकिएको छ। त्यस्तै कामना सेवा विकास बैंकले ६ दशमलव ८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

मुक्तिनाथ विकास बैंकले मंसिर ३० गते वार्षिक साधारण सभा गर्दै छ।  साधारण सभामा कम्पनीले १७ दशमलव ६० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ९३ प्रतिशत नगद लाभांशको प्रस्ताव लैजादै छ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले यही मंसिर २३ गते बुक क्लोज गर्दै छ।  मंसिर २२ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिनुको साथै प्रस्तावित लाभांश प्राप्त गर्ने छन्।

लाभांशको लागि शेयर किन्ने लगानीकर्तालाई विकास बैंकपनि एउटा राम्रो सेक्टर बन्न सक्छ।  कम मूल्य लगानी गरेर राम्रो लाभांशका लागि केही लगानीकर्ताको रोजाईमा विकास बैंक पर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS