IME Life New

किन लगानीकर्ताहरु एक्कासी जीबन बीमा कम्पनीमा आकर्षित भए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज मंसिर १५ गते दोश्रो बजारमा खासै ठुलो उतारचडाव देखिएन। नेप्सेलाई “ड्राईभ” गर्ने वाणिज्य बैंक उपसुचकमा ० दशमलव ३२ प्रतिशतको गिरावट देखिए पनि आज बजार हल्का मात्र भएपनि हरियोमा बन्द भएको थियो तर जीवन बीमा कम्पनीहरुको उपसुचकमा २ दशमलव ६१ प्रतिशतको वृद्धि देखिन सफल भयो।

Esewa
Crest

बजार पुँजीकरणका आधारमा दुई ठुला जीवन बीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्स र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयर मूल्यमा उछाल आउँदा आज जीवन बीमा उपसुचकमा यति धेरै वृद्धि देखिन सफल भएको हो ।

आज सबै भन्दा धेरै नेपाल लाईफ इन्स्योरेन्सको शेयर मूल्यमा वृद्धि देखिएको छ। नेपाल लाईफ इन्स्योरेन्सको बजार मूल्य ४ दशमलव ७३ प्रतिशतले वृद्धि हुँदै ८४२ रुपैयाँ प्रति कित्तामा कारोवार बन्द भएको छ।  मंसिर १२ गते कम्पनीको बजार मूल्य ८०४ प्रति कित्ता बन्द भएको थियो।

त्यस्तै लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयर मूल्यमा २ दशमलव ५९ प्रतिशतको वृद्धि देखिएको छ। ७ जीवन बीमा कम्पनी मध्ये गुराँस लाईफ इन्स्योरेन्सको शेयर मूल्य स्थिर रह्यो भने सूर्या लाईफ इन्स्योरेन्सको शेयर मूल्य ३ दशमलव ६१ प्रतिशतले घटेको छ।

उछाल आउनुको कारण यस्तो छ ?
“एक्चुअरी मुल्यांकन”को कारणले गर्दा जीवन बीमा कम्पनीहरुले ढिलो साधारण सभा गर्ने गर्छन। अहिले नेप्सेमा सुचिकृत अन्य सेक्टरका धेरै कम्पनीहरुले आर्थिक वर्ष ७५/७६को लाभांश प्रस्ताव गरेका छन् भने धेरैको बुक क्लोज भैसकेको अवस्था छ।

तर अहिले सम्म कुनै पनि जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ७५/७६ को लाभांस प्रस्ताव नगरेको अवस्थामा अब लाभांशको लागि लगानीकर्ताहरु जीवन बीमा कम्पनी तर्फ आकर्षित भएको आजको बजारले संकेत गरेको छ । ७ जीवन बीमा कम्पनीहरु मध्ये पनि जीवन बीमा कम्पनीहरुको लिडर कम्पनी नेपाल लाईफ इन्स्योरेन्स र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयर मूल्य सर्वाधिक वृद्धि हुनुले माथि उल्लेखित कुरालाई थप समर्थन गर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS