IME Life New

प्रधानमन्त्री ओलीको अप्रेशन सफल, आज डिस्चार्ज नहुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अत्याधिक पेट दुखाईपछि महाराजगन्जस्थित शिक्षण अस्पतालमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको केहीबेरअघि शल्यक्रिया सम्पन्न भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रम ओलीको अप्रेशन सफल भएको जनाएका छन् । उनले प्रम ओलीको अप्रेशन सफल भएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

एपेन्डिसाईटिसको समस्या देखिएपछि अप्रेशन गरिएको जनाइएको छ । शिक्षण अस्पतालको पछाडिपट्टि रहेको मनमोहन थेरासिस भास्कुलर तथा ट्रयान्सप्लान्ट सेन्टरमा डा. रमेश सिंह तथा डा. दिब्या सिंहसहितको टिमले अप्रेशन गरेको हो ।
शिक्षण अस्पताल स्रोतका अनुसार अप्रेशनपछि प्रम ओलीलाई सिसीयुमा राखिएको छ ।

Esewa
Crest

सम्भवतः आज आईसीयुमा राखेर उपचार गरिनेछ । अप्रेशन थ्रिएटरमा कसैलाई भेटघाट गर्न दिइएको छैन । आज विहानै ट्रान्सप्लान्ट सेन्टरमा पुगेका प्रम ओलीको अप्रेशनमा उक्त सेन्टरका चिकित्सकहरुले सहयोग गरेको जनाइएको छ । प्रम ओलीको अप्रेशन सम्पन्न भएपश्चात अन्य चिकित्सकहरु आफ्नो आफ्नो ओटीमा फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS