IME Life New

मृत्यु दावी भुक्तानीका लागि अफ्रिकन बीमा कम्पनीले “मृत्यु” पत्याएन, मृतकका आफन्तले लाश नै बुझाए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा व्यवसायको विश्व इतिहासलाई कालो बनाउने गरी दक्षिण अफ्रिकामा एउटा हृदयबिधारक घटना घटेको छ । १७४ वर्षको इतिहास बोकेको वल्ड म्यूचल नामक बीमा कम्पनीले आफ्ना बीमितको मृत्यु पश्चात भुक्तानी गर्नुपर्ने १७०० पाउण्डका लागि मृत्युलाई अविश्वास गर्यो । मृतकका आफन्तले मृतकको लाशलाई बीमा कम्पनीको कार्यालयमा लगेर बुझाए । तै पनि बीमा रकम भुक्तानीको लागि नौ दिन थप समय लाग्यो ।

अहिले विश्वभर सो विषयले चर्चा पाइरहेको मात्रै छैन, बीमा रकम भुक्तानीको लागि बीमितको लाश नै बीमा कम्पनीमा बुझाएको भिडियो संसारभर भाइरल नै भएको छ ।

Esewa
Crest

सुरुमा विश्वास नै नगरेको कम्पनीले जब मृतकका आफन्तले शव नै प्रमाण स्वरुप पेश गरे तैपनि नौ दिनसम्म बीमा दावी भुक्तानीको लागि झुलाइएको थियो । अफ्रिकाको चर्चित वित्तीय कम्पनी वल्ड म्यूचुअलको शाखाहरु अमेरिका, चीन, घाना, दक्षिण अफ्रिका, जाम्बिया, युगाण्डा, नाइजेरिया, केन्या, घाना, तान्जिनियालगायतका देशहरुमा फैलिएको सो कम्पनीले जीवन बीमा शुल्क भुक्तानीको लागि हदभन्दा बढि अविश्वास गरेर अमानवीय व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।

४६ वर्षका सिफिसो जस्टिस म्हेल्गोको ७ नोबेम्बरमा मृत्यु थियो । बेलायती अनलाईन समाचार संस्था डेलिमेलका अनुसार मृत्यु पश्चात बीमा दावी गर्दा कम्पनीले नपत्याएपछि लाश नै बीमा कम्पनीमा पु्र्याएका थिए । अन्तोम्बेले म्हाल्यलन्गो र थाडाजा मत्सालीलाई काका सिफिसो जस्टिस मल्याङगो को शवलाई दक्षिण अफ्रिकाको क्वाजुलु नाताल प्रान्तको पुरानो म्युचुअल शाखाको ठाउँमा लगिएको थियो ।

म्युचुअल कम्पनीले बीमीतको मृत्यु नभएको भन्दै दावी भुक्तानी दिन अस्वीकार गरेपश्चात् मृतकको परिवारले लाश नै लिएर बीमा कम्पनीमा पुगेका थिए । मृतकको लाश प्रमाण स्वरुप राख्दा पनि बीमा कम्पनीले आवश्यक कागजातको बाटो देखाउदै ९ दिन ढिला गरेको थियो । जसको कारण मृतकको लासलाई ९ दिन सम्म दाह संस्कार समेत गर्न पाएका थिएनन् ।

घटनापछि संसारभर वल्ड म्युचुअलको विरोध भएको छ । विरोध पश्चात कम्पनीले बक्तव्यमार्फत क्षमा मागेको ब्लूम्बर्गले जनाएको छ । कम्पनीले जारी गरेको प्रेस बक्तव्यमा उक्त बीमा कम्पनीले माफी माग्दै मृतकको परिवारलाई बीमा दावी भुक्तानी गरिसकेको जनाएको छ । कम्पनीले आफ्ना ९९ प्रतिशत मृत्यु दावी भुक्तानी ४८ घण्टाभित्रै सेटल गरिएको दावी गरिएको छ ।

कम्पनीले मृतकको परिवारलाई एक हजार सात सय पाउण्ड (नेपाली रुपैयाँ दुई लाख ५५ हजार) बराबरको बीमा दाबी भुक्तानी गरेको थियो । त्यति सानो रकमका लागि कम्पनीले मृतकको लाश बीमा कम्पनीको शाखामा ल्याउन बाध्य बनाएको भन्दै दक्षिण अफ्रिकामा वल्ड म्यूचुअलको चर्को विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS