IME Life New

बीमा अभिकर्ताप्रति आकर्षण बढ्दो, वर्षदिनमा ९३ हजार अभिकर्ता बीमा व्यवसायमा छिरे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा आम जीवनको अभिन्न अंग बनिसकेको छ । जीवन बीमा क्षेत्रमा आम सहभागिता बढ्दै जाँदा व्यवसाय गर्ने अभिकर्ताहरुको आकर्षण बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

बीमा समितिका तथ्याङक अनुसार गत आर्थिक वर्षमा ९३ हजार १७३ जना अभिकर्ताहरु जीवन बीमा व्यवसायमा प्रवेश गरेका छन् ।बीमा समितिको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५।०७६ को असार मसान्तसम्ममा सो मात्रामा बीमा अभिकर्ता पेशामा आबद्ध भएका हुन् ।

Esewa
Crest

समितिको तथ्याङक अनुसार प्रथम त्रैमासको तीन महिनाको अवधीमा मात्रै ३० हजार भन्दा बढि अभिकर्ता बीमा व्यवसायमा थपिएका छन् । समितिका अनुसार साउनदेखि असोज मसान्तसम्ममा ३० हजार २ सय ५९ जना बीमा अभिकर्ता जीवन बीमा कम्पनीहरुमा आवद्ध भएका छन् । सो तथ्याङ्कमा नविकरण नगरी नयाँ लाइसेन्स लिने पुराना अभिकर्ता समेत भएको हुनसक्ने अनुमान गरिएको छ ।

हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनीहरु छन् । जीवन बीमाको क्षेत्रमा बीमा अभिकर्तालाई मेरुदण्डको रुपमा लिइन्छ । बीमा अभिकर्ता पेशाप्रति अभिकर्ताको आकर्षण बढ्दै गएको पछिल्लो समय बीमा समितिले प्रकाशन गरेको तथ्याङकले देखाएको छ ।

चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्ममा युनियन लाइफ इन्स्यारेन्स कम्पनीमा सबैभन्दा धेरै बीमा अभिकर्ता आवद्ध भएका छन् बीमा समितिको तथ्याङक अनुसार साउनदेखि असोजसम्मम कम्पनीमा ६ हजार ४ सय ४१ जना बीमा अभिकर्ता आवद्ध भएका छन् । युनियन लाइफ इन्स्यारेन्सले पछिल्लो समय नयाँ जीवन बीमा कम्पनीहरुमध्ये उच्च कारोबार गर्ने कम्पनीको रुपमा स्थापित हुदै गईरहेको छ ।

चालु आवको प्रथम त्रैमासमा जीवन बीमाको क्षेत्रमा कारोबारको आधारमा उच्च स्थानमा रहन सफल रहेको नेपाल लाइफ इन्स्यारेन्समा सबैभन्दा बीमा अभिकर्ताहरु आवद्ध भएका छन् । तीन महिनाको अवधिमा कम्पनीमा तीन हजार ६ सय ६९ जना बीमा अभिकर्ता आवद्ध भएका छन् ।

त्यस्तै सूर्या लाइफ इन्स्यारेन्समा एक हजार ९ सय ५७ जना बीमा अभिकर्ता आवद्ध भएका छन् भने एशीयन लाइफ इन्स्यारेन्समा एक हजार ९ सय ४३ जना बीमा अभिकर्ता आवद्ध भएका छन् ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानमा प्रथम त्रैमासको अवधिमा सबैभन्दा कम बीमा अभिकर्ता आवद्ध भएका छन् । संस्थानमा असोजसमान्तसम्ममा १ सय ९२ जना बीमा अभिकर्ता आवद्ध भएको समितिको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS