IME Life New

सिटिजन लाईफको नयाँ पोलिसीप्रति आकर्षण बढ्दो, १५ दिनमा तीन हजार बिक्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले पछिल्लो पटक सार्वजनिक गरेको नयाँ जीवन बीमा पोलिसीप्रति सर्वसधारणको आकर्षण बढेको छ । कम्पनीले गत कार्तिक २१ गते सार्वजनिक गरेको नयाँ पोलिसी ‘सिटिजन शुभारम्भ जीवन बीमा योजना’ले अत्याधिक सफलता पाएको कम्पनीले एक बिज्ञप्तिमार्फत जनाएको छ ।

कम्पनीका अनुसार उक्त योजना शुभारम्भ गरेको १५ दिनमै तीन हजार पोलिसी बिक्री गर्न सफल भएको भन्दै अभिकर्ता, कर्मचारी तथा उक्त अभियानमा सहभागी सबैप्रति कृतज्ञता ज्ञापन गरेको छ । सो बीमा कम्पनीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘कार्तिक २१ गते एक विशेष कार्यक्रमको आयोजना गरी व्यवसायिक शुरुवात गरिएको उक्त बीमा योजनामा हालसम्म ३,००० भन्दा बढी बीमितहरु आवद्ध भएका छन् ।’

Esewa
Crest

बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि १०,००० को न्यूनतम बीमाङ्क रकममा बीमा गर्न सकिने सो बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गरी बीमितहरुलाई आर्थिक सुरक्षा प्रदान गर्ने गरी योजना बनाइएको कारण अझै सफल भएको कम्पनीको भनाई छ । सो योजनाको पोलिसी खरिद गर्ने सेवाग्राहीले बीमितले साधारण मृत्युमा बीमाङ्कको डबल रकम एवम् दुर्घटना मृत्युमा बीमाङ्कको तीन गुणा तथा नियमानुसारको बोनस रकम प्राप्त गर्न सक्ने व्यवस्था छ ।

२०७४ कार्तिक देखि संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नवीनतम जीवन बीमा योजनाहरु ल्याउने क्रममा यसअघि पनि पेन्सनको सुविधा सहितको बीमितको आफ्नै जीवनकालमा बीमाङ्कको डबल प्लस बोनसको व्यवस्था सहितको सिटिजन जीवन सारथी बीमा योजना र उपचार खर्च अब सिटिजन लाईफले गर्छ नारा सहितको सिटिजन क्रिटिकल केयर नामको २० वटा घातक रोग सुरक्षा बीमा योजना प्रचलनमा ल्याएको छ । जस अन्तर्गत सो रोगहरु लागेको सुनिश्चित हुनासाथ रु ५० लाख सम्म कम्पनीले भुक्तानी गर्ने र सो को बिल बिजक नचाहिने कम्पनीले जनाएको छ ।

सिटिजन लाईफ इन्स्योरेन्सका सिईओ पोषक पौडेलले नयाँ प्रोडक्ट सर्वसधारणले धेरै रुचाएकाले आफूहरु उत्साहित भएको बताए । सिईओ पौडेले भने, ‘सबैले मन पराएका छन्, राम्रो फिडब्याक आइरहेको छ, सिंगो टिमलाई हौसला प्राप्त भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS