IME Life New

प्रस्ताव बोकेर प्रम ओली–अध्यक्ष प्रचण्ड राष्ट्रपति निवासमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केही दिनदेखि मन्त्रिपरिषद पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भवतः आज मन्त्रिपरिषद पुनर्गठन गर्नेछन् । आज विहान बालुवाटारमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक लगत्तै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष प्रचण्ड राष्ट्रपति भवन शितलनिवास पुगेका छन् ।

File Photo: Chairman of Communist Party of Nepal (Unified Marxist-Leninist) (CPN-UML) party Khadga Prasad Sharma Oli, also known as K.P. Oli, (L) shakes hands with the chairman of Communist Party of Nepal (Maoist Centre) Pushpa Kamal Dahal, also known as Prachanda, during a news conference in Kathmandu, Nepal December 17, 2017. REUTERS/Navesh Chitrakar

शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेर आजै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी छ । कुन कुन मन्त्रीहरु रहने र को को नयाँ बन्ने भन्ने कुरा प्रम ओली र अर्का अध्यक्ष प्रचण्डबीचमा सहमति पश्चात अन्तिम सूचि तयार पारिएको जनाइएको छ । सुरेन्द्र पाण्डे, भिम रावल, जनार्दन शर्मा, प्रभु शाहलगायतका व्यक्तिहरु नयाँ मन्त्री बन्ने चर्चा चलेपनि दुई अध्यक्षले औपचारिक रुपमा कसैको नाम सार्वजनिक गरेका छैनन् ।

Esewa
Crest

उता, राजपा पनि सरकारमा सहभागी हुने निर्णय भएको जनाइएको छ । यद्यपि यसको औपचारिक निर्णय बाहिर आइसकेको छैन । राजपाका अध्यक्ष महन्त ठाकुरलाई सभामुख बनाउने विषयमा सहमति जुटेको बताइएको छ । सभामुख पद रिक्त छ । विपक्षी दलबाट सभामुख बनाउनु पर्ने र हाल नेकपाका उपसभामुखले पद नत्याग्ने बताइँरहँदा राजपाका अध्यक्ष ठाकुरलाई सभामुख बनाउने सहमति जुटेको जनाइएको छ ।
सूत्रका अनुसार आजै साँझसम्म मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS