काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया मार्फत जनचेतना जगाउने अभियानमा रहेको बीमा समितिले जनकपुरधाम उपमहानगरपालिकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार जनपुरस्थित उद्योग बाणिज्य संघको हलमा आयोजित कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर शाहसहितका पदाधिकारीहकरु तथा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँई लगायतका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाँईले बीमा जनेचतना जगाउन स्थानीय जनप्रतिनिधिको भूमिकाको सम्बन्ध प्रष्ट पारेका थिए ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर शाहले बीमाले आम सर्वसधारणको जोखिम बहन गर्ने हुँदा स्थानीय सरकारको लागि निकै महत्वपूर्ण भएको बताए ।
बीमा जनचेतना जगाउने उद्देश्यले बीमा समितिले ‘स्थानीय तहसँग बीमा समिति’ अभियान सञ्चालन गर्दै आएको छ । यसअघि कार्तिक १ गते डोल्पाको दुनैस्थित स्थानीय जनप्रतिनिधिसँग सहकार्य गरेको थियो ।