IME Life New

‘३०० अर्ब जनताको बचत भएको बीमा क्षेत्रमा ४५ अर्बका मालिकले हुकुम चलाउन पाउदैनन्’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले बीमा कम्पनीहरुका संस्थागत लगानीकर्ताको हितलाई मात्रै हेरेर काम नगर्न र बहुसंख्यक जनताको हित हेरेर काम गर्न बीमा कम्पनीका सिईओहरुलाई सुझाव दिएका छन् ।बीमा समितिले सबै बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र सूचना अधिकारीसँग सूचनाको हकको सम्बन्धमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त बाँस्कोटाले बीमा कम्पनीहरुले जनतालाई सही सूचना दिएर जनताको पक्षमा काम गर्नुपर्ने बताए । बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा पूर्व अर्थसचिव समेत रहेका बाँस्कोटाले भने, ‘बीमा कम्पनीमा जनताको ३०० अर्ब भन्दा बढि लगानी छ, जम्मा जम्मी ४५ अर्ब लगानी गरेका मालिकको हित हेर्नेभन्दा पनि जनताको हित हेरेर काम गर्नुपर्दछ ।’

Esewa
Crest

प्रमुख सूचना आयुक्त बाँस्कोटाले बीमा कम्पनीहरुलाई लक्षित गर्दै भने, ‘जति सूचना जनतालाई दिएर पारदर्शी बन्नुहुन्छ त्यति नै तपाईहरुको उन्नती र समृद्धि हुन्छ ।’ प्रमुख आयुक्त बाँस्कोटाले सूचना दिने बीमा कम्पनीका सिईओहरु पुच्छर लुकाएर भाग्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिँदै सूचना माग्न आउने नेपाली नागरिकलाई सम्मानपूर्वक सूचना दिएर व्यापार व्यवसाय प्रबद्र्धन गर्न आग्रह गरे । बीमा समितिका अध्यक्ष, चिरञ्जीवी चापागाई, कार्यकारी निर्देशक राजुरमण पौडेल, सल्लाहकार भोजराज शर्मा उपस्थिति रहेको कार्यक्रममा प्रमुख आयुक्त बाँस्कोटाले प्रश्नै प्रश्न बर्साए ।

विवाद टुंगो लागेको अवस्था केछ ? दर निर्धारणको अवस्था के हो ? पोलिसी, योजना र उत्पादनबारे कति जनचेतना जगाउनु भएको छ ? बीमा कम्पनीहरुको औषत खर्च के हो ? अभिकर्तालाई दिने कमिशन र प्रोत्साहन भत्ता कति दिनु भएको छ ? समर्पण रकमको अवस्था के छ ? विवाद फस्र्यौट नहुनुको कारण के हो ? कृषि तथा पशु बीमामा सरकारले दिएको प्राथमिकता अनुसार तपाईहरुले बीमा गरिरहनु भएको छ वा छैन के छ ? पुनर्बीमाको अवस्था के छ ? सर्भेयरले समयमा प्रतिवेदन दिएका छन् छैनन् ? सर्भेएरको प्रतिवेदन कति विश्वसनीय छ ? जस्ता प्रश्नहरु उठाएका थिए ।

प्रमुख आयुक्त बाँस्कोटाले बीमा समितिलाई बीमितको हक सुनिश्चित हुने गरी काम गर्नुपर्ने र सोही बमोजिमको सूचना प्रवाह गर्नुपर्ने बताए । बीमा समिति र सबै बीमा कम्पनीलाई लक्षित गर्दै प्रमुख आयुक्त बाँस्कोटाले भने, ‘जनताको नासो तपाईहरुसँग छ, जुनदिन नासो लिन आउँछन्, मागेकै बखत दिनुहोला ।’ कार्यक्रममा प्रमुख आयुक्त बाँस्कोटाले हरेक बीमा कम्पनीले सूचना अधिकारी नियुक्त गरेर आफ्नो कार्यालय निश्चित आकारको फ्लेक्स बोर्डमा सूचना अधिकारीको नाम, फोटो र सम्पर्क नम्वर उल्लेख गर्नुपर्ने साथै वेभसाईटमा समेत प्रष्ट देखिने ठाउँमा त्यस्तो विवरण राख्नुपर्ने बताए ।

त्यस्तै, कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त बाँस्कोटाको सुझावलाई तत्कालै कार्यान्वन गर्दै सबै बीमा कम्पनीहरुलाई कार्यालयमा सूचना अधिकारीको फोटोसहितिको नाम र सम्पर्क नम्वरसहितको बोर्ड राख्न निर्देशन दिए ।

अध्यक्ष चापागाईले बीमा भविष्यमा दायित्व सिर्जना भएको अवस्थामा मात्रै बहन गर्नुपर्ने विश्वास भएकोले पारदर्शी रुपमा काम गर्न निर्देशन दिए । सूचना माग्न आउने सबै नेपाली नागरिकलाई सूचना दिन अध्यक्ष चापागाईले सबै बीमा कम्पनीका सुचना अधिकारी तथा प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिए ।कार्यक्रममा सूचना आयोगका आयुक्तद्वय यशोदा तिमल्सिना र किरण पोखरेलले सूचनामाथि जनताको अधिकार र सूचनाको हक सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले पदीय र व्यवसायिक रुपमा सूचना दिने प्रतिबद्धता व्यक्त गर्दै संघमा आबद्ध सबैलाई सूचना दिन आग्रह गरे भने प्रस्ताव जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले सूचनाको सही प्रवाहबाटै जनताको विश्वास जित्न सकिने बताउँदै सूचना प्रवाहमा कुनै कन्जुस्याई नगरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS