IME Life
GBIME

प्रभु बैंकले १० लाख कित्ता एकाई ऋणपत्र निष्काशन गर्ने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्रभु बैंकले कार्तिक २१ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता एकाई ऋणपत्र निष्काशन गर्न लागेको बैंकले जनाएको छ ।

१० लाख कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि र बाँकि र ६ लाख कित्ता प्राइभेट प्लेसमेन्ट मार्फत बिक्रि गरिने बैंकले जनाएको छ ।

Crest

सर्बसाधारणलाई बिक्रि गरिने ४ लाख कित्ता मध्ये २० हजार कित्ता सामुहिक लगानी कोषलाई बिक्रि गर्नको लागि छुट्याईएको छ ।

प्रभु बैंक डिबेन्चर २०८६’ दिइएको १० बर्षे अवधिको यस ऋणपत्रमा १०.२५ प्रतिशत ब्याज पाइने छ । बैंकले ऋणपत्र निष्काशन गर्नको लागि सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

लगानीकर्ताले छिटोमा कार्तिक २५ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन पर्न नसकेमा मंगसिर २० गतेसमम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS