IME Life New

चौतारीको नाफामा आकर्षक वृद्धि, प्रति शेयर आम्दानी कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चौतारी लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्म कम्पनीले १ करोड २३ लाख रुपैया खुद नाफा कमाउन सफल भएको छ। गत आर्थिक वर्षको प्रथम त्रैमास सम्म कम्पनी ३७   लाख ४८  हजार खुद नाफा गरेको थियो।

कम्पनीको वार्षिक प्रति शेयर आम्दानी २४  रुपैया ८७ पैसा रहेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको प्रति शेयर आम्दानी ११  रुपैया ९० पैसा  थियो। कम्पनीले खुद नाफामा २३०  प्रतिशतले वृद्धि गर्न सफल भएको छ भने प्रति शेयर आम्दानी १०९  प्रतिशतको वृद्धि गर्न सफल भएको छ।

Esewa
Crest

प्रमुख आम्दानीको श्रोत खुद व्याज आम्दानी ९९  प्रतिशतले वृद्धि भएको छ। कम्पनीको चुक्ता पुँजी १९   करोड ९० लाख रहेको छ। मूल्य र आम्दानी अनुपात चाही करिव १९ गुणा रहेको छ भने निस्क्रिय कर्जा ०  दशमलव ६  प्रतिशत रहेको छ। कम्पनीको किताबी मूल्य १११  रुपैयाँ  ३५  पैसा रहेको छ।

निक्षेप संकलन ९५  प्रतिशतले वृद्धि भएर ५३  करोड १० लाख पुगेको छ भने सापटी रकम ७२  प्रतिशतले वृद्धि भएर ९४  करोड ८  लाख पुगेको छ। आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले कर्जा प्रवाहमा  ८०  प्रतिशतले वृद्धि गरेर  १ अर्ब ६५  करोड पुगेको छ।

नोट : प्रति शेयर आम्दानी निकाल्दा खुद नाफालाई शेयर संख्याले भाग गरेर वार्शिकरण गरिएको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी २६ रुपैया ४१ पैसा रहेको छ भने प्रकाशित किताबी मूल्य १०५ रुपैया १५ पैसा रहेको छ।  

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS