IME Life

गैर आवासीय नेपाली संघको निर्वाचन असोज २९ गते (तालिकासहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालभन्दा बाहिर बस्ने नेपालीहरुको संस्था एनआरएनएमा नयाँ नेतृत्व चयनको लागि यही असोज २९ गते निर्वाचन हुँदैछ । गैरआबासीय नेपाली संघको (एनआरएनए) को नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमार्फतमा कुल १२ पदमा ४२ पदमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो ।

भोलि मंगलबार उदघाटन हुने एनआरएनएको अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वभरबाट सहभागी प्रतिनिधिहरुले भाग लिनेछन् । एनआरएनएको आगामी नेतृत्वका लागि जर्मनीबाट कुमार पन्त र बेलायतबाट कुल आचार्य आ–आफ्नो टिमसहित चुनावी मैदानमा छन् ।

Prabhu
Crest

नवौं अन्तर्राष्ट्रिय सम्मेलनले संघको अध्यक्षमा एकजना, उपाध्यक्षमा ५ जना (एक महिलासहित), महासचिवमा १ जना, सचिवमा २ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १–१ जना निर्वाचित गर्नेछ । त्यस्तै, प्रत्येक क्षेत्रीय समितिबाट एकरएकजना गरी ६ जना क्षेत्रीय संयोजकहरु विश्व सम्मेलनबाट निर्वाचित हुने एनआरएनएले जनाएको छ ।

विधानबमोजिम युरोपमा ३ जना एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २–२ जनाा र उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट १–१ जना क्षेत्रीय उपसंयोजकमा निर्वाचित हुनेछन् ।

एनआरएनएको निर्वाचनमा मंगलबार उद्घाटन, बुधबार मनोनयन दर्ता, दावी विरोध इत्यादीपश्चात बुधवार नै अपरान्ह ३ः०० बजेपछि मतदान प्रक्रिया सुरु हुनेछ । गैर आवासीय निर्वाचनको मतपरिणाम बुधबार राती वा बिहिवार विहानसम्ममा आईसक्नेछ ।

एनआरएनएको नेतृत्व उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले तथा भवन भट्टले सम्हालिसकेका छन् । यस पटक नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने जनाइएको छ ।

नेपालको बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुमा एनआरएनका ठूलो लगानी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS