IME Life

यी हुन चीनसँग भएका २० सम्झौता र सहमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दुई दिने राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी जिनपिङ आज स्वदेश फर्केका छन् । चिनियाँ राष्ट्रपति सी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार भएको उच्चस्तरीय भेटवार्तामा २० बुँदामा सम्झौता तथा सहमतिहरु भएका थिए ।नेपाल–चीनबीच भएका सहमति तथा सम्झौताहरु ।
१. सीमा व्यवस्थापन सम्बन्धमा दुई देशका बीचमा सम्झौता
२. क्षमता अभिबृद्धि सम्बन्धी सहकार्य तथा आदान प्रदान सम्बन्धी दुई देशका बीचमा एमओयुमा हस्ताक्षर
३. अपराधीको सम्बन्धमा साझा कानुनी सहायता सम्बन्धमा दुई देशका बीचमा सम्झौता
४. सगरमाथा संरक्षण तथा सहकार्य सम्बन्धमा दुई देशका बीचमा एमओयु
५. नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास आयोगका बीचमा उत्पादकत्व क्षमता बृद्धिका लागि सहकार्य तथा लगानी प्रबद्र्धन गर्ने एमओयुमा हस्ताक्षर
६. छेन्दुमा नेपालले बाणिज्य दूताबास स्थापना गर्ने सम्बन्धमा हस्ताक्षर
७. नेपाल–चीनबीच सीमापार रेलसेवा निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच एमओयुमा हस्ताक्षर
८. काठमाडौं महानगरपालिका र चीनको नान्जिङ शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धमा हस्ताक्षर
९. बुटवल उपमहानगरपालिका र चीनको जियान शहरका बीचमा भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धमा हस्ताक्षर
१०. नेपालको स्वास्थ्य मन्त्रालय र चीनको नेशनल एडमिनिस्ट्रेशन अफ टे«डिशनल चाईनिज मेडिसिनका बीचमा परम्परागत (आयुर्वेद) औषधी सम्बन्धी सहकार्यका लागि एमओयुमा हस्ताक्षर
११. नेपालको गृहमन्त्रालय र चीनको आपतकालिन व्यवस्थापन मन्त्रालयका बीचमा विपद व्यवस्थापन न्यूनिकरण तथा आपतकालिन सहायता सम्बन्धमा एमओयुमा हस्ताक्षर
१२. चीनको जनता सर्वोच्च अभियोजक (महान्यायाधिवक्ताको कार्यालय) र नेपालको महान्यायाधिवक्ता कार्यालयका बीचमा सकार्य गर्ने सम्बन्धमा एमओयुमा हस्ताक्षर
१३. नेपालको त्रिभुवन विश्व विद्यालय र चीनको कन्फ्युसियस इन्टिच्यूटका बीच नेपालमा कन्फ्युसियस इन्टिच्यूट स्थापना गर्ने सम्बन्धमा हस्ताक्षर
१४. नेपालबाट कागती, सुन्तलालगायतका फलफूल नेपालबाट चीन निर्यात गर्दा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप गर्नुपर्ने साईटोस्यानिटरी परिक्षण सम्बन्धी प्रोटोकलमा चिनियाँ भन्सार प्रशासन र नेपालको कृषि विभागबीच हस्ताक्षर
१५. नेपालको उद्योग तथा बाणिज्य मन्त्रालय र चीनको बाणिज्य मन्त्रालयका बीचमा व्यापारका लागि संयुक्त समुह बनाई काम गर्ने सम्बन्धी एमओयुमा हस्ताक्षर
१६. नेपालको भूकम्प अनुगमन संयन्त्र निर्माण सम्बन्धमा
१७. नेपालको अर्थमन्त्रालय र चीनको बाणिज्य मन्त्रालयका बीचमा लगानी सहकार्य समुह निर्माण गर्ने सम्बन्धी एमओयुमा हस्ताक्षर
१८. नेपालको अर्थमन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास सहकार्य एजेन्सीबीचमा टनेल निर्माण सम्बन्धमा सहकार्य गर्ने एमओयुमा हस्ताक्षर
१९. सीमा सुरक्षा सम्बन्धी उपकरण तथा कार्यालय उपकरण सम्बन्धमा पत्र आदान प्रदान
२०. काठमाडौं उपत्यकामा पानी वितरण सुधार आयोजनाका लागि चाईना एड म्यूनिसिपलका बीच भएको छलफलको माईन्यूट तयार गरियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS