IME Life New

नेपाल र चीनबीच उच्चस्तरीय वार्ता सम्पन्न, समझदारी पत्रमा हस्ताक्षर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकीय भ्रमणको क्रममा दुई देशका बीचमा उच्चस्तरीय वार्तामार्फत आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सि जिनपिङको उपस्थितिमा उच्चस्तरीय सहमति भएको हो । उच्चस्तरीय वार्तापछि चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्ज सहित कूल २० वटा सम्झौतामा हस्ताक्षर भएको छ ।

Esewa
Crest

सहमति पत्रमा हस्ताक्षरअघि दुई देशका उच्च स्तरीय वार्ता टोलीबीच छलफल भएको थियो । सो वार्तामा नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेका टोलीबीच बीच भेटवार्ता भएको छ । काठमाडौंको होटल सोल्टीमा राष्ट्रपति सी र ओली नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच वार्ता वार्ता भएको हो । सो वार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, अर्थमन्त्री युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल, मुख्यसचिव, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार लगायत ३० जनाको टोली सहभागी छ । त्यस्तै चीनको तर्फबाट राष्ट्रपति सीको नेतृत्वमा विदेशमन्त्री वाङ वी लगायतको टोली रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS